ne_tw/bible/kt/scribe.md

2.8 KiB
Raw Permalink Blame History

शास्‍त्री

परिभाषा:

शास्‍त्रीहरू महत्त्वपूण सरकारी वा धार्मिक दस्तावेजहरू हातले लेख्‍नु वा प्रतिलिपी उतार्न जिम्मेवार अधिकृतहरू थिए । यहूदी शास्‍त्रीको अर्को नाउँ "यहूदी व्‍यवस्‍थाका विशेषज्ञ" थियो ।

  • शास्‍त्रीहरू पुरानो करारका पुस्तकहरूका प्रतिलिपी बनाउन र संरक्षण गर्नमा जिम्मेवार थिए ।
  • शास्‍त्रीहरूले परमेश्‍वरको व्यावस्थाको प्रतिलिपी उतार्थे, संरक्षण गर्थे, धार्मिक रायहरू र टिप्‍पणीहरूको व्याख्या गर्थे ।
  • कतिपय अवस्थामा, शास्‍त्रीहरू महत्त्वपूर्ण सरकारी अधिकृतहरू थिए ।
  • महत्त्वपूर्ण बाइबलीय शास्‍त्रीहरूमा बारूक र एज्रा पर्थे ।
  • नयाँ करारमा, "शास्‍त्रीहरू"लाई "व्‍यवस्‍थाका शिक्षकहरू" भनी अनुवाद गरिएको थियो ।
  • नयाँ करारमा, शास्‍त्रीहरू सामान्यतयाः "फरिसीहरू" भनिने धार्मिक समूहको हिस्‍सा थिए र दुई समूहहरू प्रायः सँगै उल्‍लेख गरिन्थ्यो ।

(यो पनि हेर्नुहोस्: व्यवस्था, फरिसी)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H5608, H5613, H7083, G11220