ne_tw/bible/other/counselor.md

2.8 KiB
Raw Permalink Blame History

सल्लाह, सल्लाह दिनु, परामर्श, परामर्शकर्ता, परामर्श

परिभाषा:

शब्दहरू “परामर्श” र “सल्लाह” को अर्थ उही हुन्छ, र यी शब्दहरूले निश्‍चित परिस्थितिमा के गर्ने भन्‍ने सम्बन्धमा बुद्धिमानीपूर्वक निर्णन लिन कसैलाई मदत गर्ने विषयमा बताउँछन्।

  • राजाहरूसित अक्सर औपचारिक सल्लाहकार वा परामर्शदाताहरू हुन्छन्, र आफूले शासन गरिरहेका मानिसहरूलाई प्रभाव पार्ने महत्त्वपूर्ण विषयहरूबारे निर्णय लिन ती परामर्शदाताहरूले राजाहरूलाई सहयोग गर्छन्।
  • कहिले काहीँ दिइएको सल्लाह वा परामर्श असल हुँदैन। दुष्‍ट सल्लाहकारहरूले राजालाई यस्तो आदेश दिन लगाउँछन् वा काम गर्न लगाउँछन् जसले जनताहरूलाई हानि पुर्‍याउनेछन्।
  • सन्दर्भमा आधारित रहेर “सल्लाह” वा “परामर्श” लाई “निर्णय लिनमा गरिने सहायता” वा “चेताउनी” वा “अर्ती” वा “मार्गदर्शन” भनी अनुवाद गर्न सकिन्छ।
  • क्रियापद “परामर्श दिनु” लाई “सल्लाह दिनु” वा “सुझावहरू दिनु” वा “अर्ती दिनु” भनी अनुवाद गर्न सकिन्छ।
  • “सल्लाह” भनेको “परिषद्” भन्दा बेग्लै शब्द हो, जसले मानिसहरूको समूहलाई जनाउँछ भनी याद गर्नुहोस्।

(यो पनि हेर्नुहोस्: उत्साह, पवित्र आत्मा, बुद्धिमानी)

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H1697, H1847, H1875, H1884, H1907, H3272, H3289, H3982, H4156, H4431, H5475, H5779, H6440, H6963, H6098, H7592, H8458, G10110, G10120, G11060, G48230, G48250