ne_tw/bible/kt/hypocrite.md

3.3 KiB

पाखण्डी, पाखण्ड

परिभाषा:

“पाखण्डी” शब्दले त्यस्तो व्यक्‍तिलाई जनाउँछ जसले धार्मिक कुराहरू गरेको जस्तो देखिन्छ, तर गोप्य रूपमा दुष्‍ट कुराहरू गर्छ । “पाखण्ड” शब्दले त्यस्तो व्यवहारलाई जनाउँछ जसले त्यस्तो व्यवहार गर्ने व्यक्‍ति धार्मिक छ भनी मानिसहरूलाई सोच्‍न लगाई ठग्‍ने काम गर्छ ।

  • पाखण्डीहरूले असल कुराहरू गरेको देखाउन चाहन्छन्, ताकि तिनीहरू असल मानिसहरू हुन् भनी अरूले विचार गरून् ।
  • अक्सर अरूहरूले पापिष्‍ठ कुराहरू गरेको कारणले पाखण्डीले तिनीहरूको आलोचना गर्छन् जुन कुरो त्यो आफैले गर्ने गर्छ ।
  • येशूले फरिसीहरूलाई पाखण्डीहरू भन्‍नुभयो, किनकि तिनीहरूले निश्‍चित वस्‍त्रहरू लगाउने र निश्‍चित खानेकुराहरू खानेजस्ता धार्मिक गतिविधिहरू गर्थे, तर तिनीहरू मानिसहरूप्रति दयालु वा निष्पक्ष हुँदैनथ्ये ।
  • एउटा पाखण्डीले अरू मानिसहरूमा दोष औँल्याउँछ, जब कि उसले आफ्नै दोष भने मानिलिँदैन ।

अनुवादका लागि सुझावहरूः

  • केही भाषाहरूमा “दोधारे” जस्ता टुक्‍का छ जसले पाखण्डी वा पाखण्डीका क्रियाकलापहरूलाई जनाउँछ ।
  • “पाखण्डी” शब्दलाई “ठग” वा “कपटी” वा “घमण्डी, छली व्यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “पाखण्ड” शब्दलाई “छल” वा “झुटा क्रियाकलापहरू” वा “कपट” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • गलाती ०२:१३-१४
  • लूका ०६:४१-४२
  • लूका १२:५४-५६
  • लूका १३:१५-१६
  • मत्ती ०६:१-२
  • मर्कूस ०७:६-७
  • रोमी १२:९-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0120, H2611, H2612, G05050, G52720, G52730