ne_tw/bible/other/horn.md

3.0 KiB
Raw Permalink Blame History

सिङ, सिङ भएको

तथ्यहरू:

सिङहरू गाईबस्तु, भेडा, बाख्रा र मृगजस्ता जनावरहरूको टाउकामा उम्रने स्थायी, कडा र चुच्‍चा भागहरू हुन् ।

  • भेडाको सिङबाट “भेडाको सिङ” वा “बिगुल” भनिने साङ्गीतिक बाजा बनाइन्थ्यो जसलाई धार्मिक चाडपर्वहरूजस्ता विशेष कार्यक्रमहरूमा यसलाई फुकिन्थ्यो ।
  • धूप र पित्तलका वेदीहरूका चारै कुनामा सिङको आकारको बाहिर निस्कने आकार बनाउनू भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो । यी आकारहरूलाई “सिङहरू” भनिए तापनि ती वास्तवमा जनावरका सिङहरू थिएनन् ।
  • पानी वा तेल राख्‍न प्रयोग गरिने सिङजस्तै आकार भएको “शिशी” लाई जनाउन कहिलेकाहीँ “सिङ” शब्दको प्रयोग गरिन्थ्यो । शमूएलले दाऊदलाई अभिषेक गरेजस्तै यस्तो शिशीको तेल राजा अभिषेक गर्न प्रयोग गरिन्थ्यो ।
  • तुरहीलाई जनाउने शब्दभन्दा यसलाई फरक किसिमले अनुवाद गर्नुपर्छ ।
  • शक्ति, सामर्थ्य, अधिकार र राजसी प्रतीकको रूपमा "सिङ" शब्दलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

(यो पनि हेर्नुहोस्ः अधिकार, गाई, मृग, बाख्रा, शक्ति, राजसी, भेडा, तुरही)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H3104, H7160, H7161, H7162, H7782, G27680