ne_tw/bible/other/royal.md

2.6 KiB
Raw Permalink Blame History

शाही, राजसी, राजाको, रानीको

परिभाषा:

“राजसी” शब्दले राजा वा रानीसँग सम्बन्धित कुनै पनि व्यक्‍तिहरू र थोकहरूलाई बताउँछ, जस्तै; तिनीहरूका सिँहासन, दरबार, तिनीहरूका पोशाक र तिनीहरूका छोराछोरीहरू आदि।

"शाही" भन्‍न सकिने चीजहरूको उदाहरणहरूमा राजाको (वा रानीको) पद, कपडा, दरबार, सिंहासन र मुकुट समावेश छ।

राजा वा रानी सामान्यतया शाही दरबारमा बस्थे।

एक राजाले विशेष लुगा लगाउँथे, कहिलेकाहीँ "शाही लुगा" भनिन्छ। प्रायः राजाको लुगा बैजनी थियो, यो रङ दुर्लभ र महँगो प्रकारको लुगाबाट मात्र उत्पादन गर्न सकिन्छ।

नयाँ नियममा, येशूमा विश्‍वास गर्नेहरूलाई "शाही पुजारीहरू" भनिएको थियो। यसलाई अनुवाद गर्ने अन्य तरिकाहरूमा "परमेश्‍वर राजाको सेवा गर्ने पूजारीहरू" वा "परमेश्‍वर राजाको लागि पुजारी हुन बोलाइएका" समावेश हुन सक्छन्।

"शाही" शब्दलाई "राजा" वा "राजासँग सम्बन्धित" भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: राजा, महल, पुजारी, बैजनी, रानी, ​​लुगा)

​बाइबल सन्दर्भहरू:

१ राजा १०:१३

२ इतिहास १८:२८-३०

आमोस ७:१३

उत्पत्ती ४९:१९-२१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0643, H1921, H1935, H4410, H4428, H4430, H4437, H4438, H4467, H4468, H7985, G09330, G09340, G09370