ne_tw/bible/other/sheep.md

4.5 KiB
Raw Permalink Blame History

भेडी, साँढ, भेडा, भेडीगोठ, भेडाको ऊन कत्रनु, भेडाको छाला

परिभाषा:

भेडा जिउभरि ऊन भएको एउटा मध्यम आकारको चार खुट्टे जनावर हो । भाले भेडालाई साँढ भनिन्छ । पोथी भेडालाई भेडी भनिन्छ । भेडाको बहुवचन भेडाहरू हुन्छ (नेपालीमा अंग्रेजीमा जस्तो एकवचन र बहुवचनको एउटै हुँदैन)।

  • भेडाको सानो पाठोलाई "थुमा" भनिन्छ ।
  • इस्राएलीहरूले विशेष गरी भाले र भेडाको सानो पाठोलाई बलिदानको निम्ति प्रयोग गर्थे ।
  • मानिसहरूले भेडाको मासु खान्छन्, र ऊनबाट कपडाहरू र अन्य थोकहरू बनाउन प्रयोग गर्छन् ।
  • भेडाहरू ज्यादै भरोसा गर्ने, कमजोर र काँतर हुन्छन् । तिनीहरू सहजै प्रभावित भएर बहकिन्छन् । तिनीहरूलाई ठिक दिशामा डोर्‍याउन, सुरक्षा दिन र खाना, पानी र आश्रय दिनलाई गोठालोको आवश्यक पर्छ ।
  • बाइबलमा परमेश्‍वर तिनीहरूका गोठाला हुनुभएका मानिसहरूलाई भेडाहरूसँग तुलना गरिएका छन् ।

(अनुवादका निम्ति सुझावहरू: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएल, थुमा, बलिदान, गोठालो)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ९ः१२ एक दिन मोशाले भेडा हेरचाह गरिरहेका बेला, उनले आगोले जलिरहेको झाडी देखे ।
  • १७ः२ दाऊद बेथेलेहेम सहरका गोठाला थिए । उनका बुबाका भेडाहरू गोठाला गर्दा उनले __भेडाहरू__लाई आक्रमण गर्ने सिंह र भालुहरूलाई मारेका थिए ।
  • ३०ः३ येशूका लागि यी मानिसहरू गोठालाविनाका भेडाहरू जस्ता थिए ।
  • __३८ः८__येशूले भन्‍नुभयो, “आज राति तिमीहरू सबैले मलाई त्याग्‍नेछौ । यस्तो लेखिएको छ, ‘मैले गोठालोलाई प्रहार गर्छु, र सबै भेडाहरू छरपष्‍ट हुनेछन्’।”

शब्द विवरणः

  • Strongs: H0352, H1494, H1798, H2169, H3104, H3532, H3535, H3733, H3775, H5739, H5763, H6260, H6629, H6792, H7353, H7462, H7716, G41650, G42620, G42630