ne_tw/bible/other/shepherd.md

7.8 KiB
Raw Permalink Blame History

गोठालो, चराउने, पास्टर

परिभाषा:

"गोठालो" भेडाको हेरचाह गर्ने व्यक्ति । पुरानो करारमा, यो शब्दले बाख्रा वा गाईवस्तु जस्ता अन्य प्रकारका घरपालुवा पशुहरूको हेरचाह गर्ने "चराउने" व्यक्तिलाई पनि जनाउँछ ।

  • क्रियाको रूपमा, "गोठालो" शब्दको अर्थ भेडा (वा अन्य गाईवस्तु) लाई राम्रो खाना र पानी भएको ठाउँमा लैजानु, जंगली जनावरहरूबाट जोगाउनु, हराउनबाट जोगाउनु र गाईवस्तुहरूलाई जीवित र स्वस्थ राख्‍न आवश्यक अन्य कर्तव्यहरू पूरा गर्नु भन्‍ने हुन्छ ।
  • बाइबलमा, यो शब्दलाई (जन्तुहरू मात्र होइन) मानिसहरूका शारीरिक र आध्यात्मिक आवश्यकताहरू दुवैको हेरचाह गर्न प्रायः आलङ्‌कारिक रूपमा प्रयोग गरिन्छ ।
  • पुरानो करारमा, परमेश्‍वरलाई उहाँका मानिसहरूको "गोठालो" भनिएको थियो किनभने उहाँले तिनीहरूको हेरचाह गर्नुभयो । नयाँ करारमा, येशूले आफूलाई "असल गोठालो" भन्‍नुभयो र अन्य ठाउँहरूमा येशूलाई मण्डलीको "महान् गोठालो" भनिएको छ ।
  • "गोठालो" शब्दलाई नयाँ करारमा अरू विश्‍वासीहरूका आत्मिक अगुवालाई जनाउन पनि प्रयोग गरिएको छ । "पास्टर" भनी अनुवाद गरिएको शब्द र "गोठालो" भनी अनुवाद गरिएको छ शब्द उही हो । एल्डरहरू र बिशपहरूलाई पनि गोठालो भनिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • संज्ञा शब्द "गोठालो"लाई "भेडाको हेरचाह गर्ने व्यक्ति" वा "भेडाको चराउने" वा "भेडा वास्ता गर्ने व्यक्ति" भनी अनुवाद गर्न सकिन्छ ।
  • भेडाबाहेक अरू गाईवस्तुको हेरचाह गर्ने व्यक्तिलाई उल्लेख गर्दा, यसलाई "गाईवस्तु चराउने," "गाईवस्तु हेर्ने" वा "गाईवस्तुको हेरचाह गर्ने व्यक्ति" भनेर अनुवाद गर्न सकिन्छ ।
  • क्रिया शब्द "गोठाला गर्नु"लाई "भेडाको हेरचाह गर्नु" वा "भेडाहरूलाई हेर्नु" भनेर अनुवाद गर्न सकिन्छ ।
  • केही सन्दर्भहरूमा, "गोठालो" शब्दलाई "अगुवा" वा "मार्गदर्शक" वा "हेरचाह गर्ने" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "गोठालो" संज्ञा शब्दलाई विभिन्‍न तरिकाले अनुवाद गर्न सकिन्छ, जसमा "आत्मिक गोठालो" वा "आत्मिक अगुवा" वा "गोठालोजस्तो व्यक्ति" वा "गोठालोले आफ्नो भेडाको हेरचाह गरेजस्तै आफ्ना मानिसहरूको हेरचाह गर्ने व्यक्ति” वा “गोठालोले आफ्ना भेडाहरूलाई डोऱ्‍याएझैँ आफ्ना मानिसहरूलाई डोऱ्‍याउने व्यक्ति” वा “परमेश्‍वरका भेडाहरूको हेरचाह गर्ने व्यक्ति” लगायतका पर्न सक्छन् ।
  • आलङ्‌कारिक रूपमा प्रयोग गर्दा, "गोठालो" क्रिया शब्दलाई "हेरचाह गर्नु" वा "आत्मिक रूपमा पालनपोषण गर्नु" वा "मार्गदर्शन गर्नु र सिकाउनु" वा "(गोठालोले भेडाको हेरचाह गरेजस्तै) अगुवाइ गर्नु र हेरचाह गर्नु" भनेर अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: भेडा, गाईवस्तु, पास्टर)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ९ः११ मिश्रदेखि टाढामा भएको मरुभूमिमा मोशा गोठालो भए ।
  • १७ः२ दाऊद बेथेलेहेम सहरका गोठालो थिए । उनका बुबाका भेडाहरू चराउँदा उनले भेडाहरूलाई आक्रमण गर्ने सिंह र भालुहरूलाई मारेका थिए ।
  • २३ः६ त्यस रात त्यहाँ उनीहरूका भेडाहरू हरिरहेका केही गोठालाहरू नजिकैको मैदानमा थिए ।
  • २३ः८ गोठालाहरू येशू हुनुभएको ठाउँमा आइपुगे, र तिनीहरूले स्वर्गदूतले भनेझैँ उहाँलाई डुँडमा सुतिरहनुभएको देखे ।
  • ३०ः३ येशूका लागि यी मानिसहरू गोठाला नभएका भेडाहरू जस्ता थिए ।

शब्द विवरणः

  • Strongs: H6629, H7462, H7469, H7473, G07500, G41650, G41660