ne_tw/bible/kt/lamb.md

7.7 KiB
Raw Permalink Blame History

थुमा, परमेश्‍वरका थुमा

परिभाषा:

“थुमा” भन्‍ने शब्दले भेडाको सानो पाठोलाई बुझाउँछ । भेडाहरू बाक्लो रौँ भएका, परमेश्‍वरको निम्ति बलि चढाउन प्रयोग गरिने चार खुट्टे जनावहरू हुन् । मानिसहरूका पापहरूका ज्याला तिर्नको लागि येशू बलिदान हुनुभएको हुनाले उहाँलाई “परमेश्‍वरका थुमा” भनिन्छ ।

  • यी जनावरहरूलाई सजिलैसँग बहकाउन सकिने हुनाले तिनीहरूलाई सुरक्षा प्रदान गर्नुपर्छ । परमेश्‍वरले मानवजातिलाई भेडाहरूसँग तुलना गर्नुहुन्छ ।
  • परमेश्‍वरले आफ्ना मानिसहरूलाई शारीरिक रूपमा सिद्ध भेडाहरू बलिदान गर्न निर्देशन दिनुभयो ।
  • येशूलाई “परमेश्‍वरको थुमा” भनिन्छ जो मानिसहरूका पापको ज्याला तिर्न बलि हुुनुभयो । उहाँ सिद्ध र निष्खोट बलिदान हुनुहुन्थ्यो किनकि उहाँ पूर्ण रूपमा पापरहित हुनुहुन्थ्यो ।

अनुवादका निम्ति सुझावहरू

  • यदि उक्त भाषा प्रयोग गरिने क्षेत्रमा भेडाहरू परिचित छन् भने, भेडाहरूका साना पाठाहरूलाई प्रयोग गरिने शब्दलाई नै “थुमा” र “परमेश्‍वरको थुमा” लाई अनुवाद गर्न पनि प्रयोग गर्नुपर्छ ।
  • “परमेश्‍वरको थुमा”लाई “परमेश्‍वरको (बलि निम्ति) थुमा,” वा “परमेश्‍वरलाई बलि दिइएको थुमा,” वा “परमेश्‍वरबाट आएको (बलिको निम्ति) थुमा,” भनी अनुवाद गर्न सकिन्छ ।
  • यदि त्यस क्षेत्रमा भेडाहरू परिचित छैनन् भने “सानो भेडाको पाठा” भनेर अनुवाद गर्न सकिन्छ र भेडाहरू कस्ता हुन्छन् भनी पादटिप्पणी उल्लेख गर्न सकिन्छ । यस टिप्पणीले भेडा र थुमालाई यस्तै क्षेत्रमा बगालमा बस्‍ने, कमजोर, बचाउ गर्न नसक्‍ने र सजिलै बरालिने पशुसंँग तुलना गर्न पनि सकिन्छ ।
  • नजिकका स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा यो शब्दलाई कसरी अनुवाद गरिएको छ, त्यो पनि हेर्नुहोस् ।

(हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: भेडा, गोठालो)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू

  • ५ः७ जब अब्राहाम र इसाहक बलिदान दिने स्थानमा पुगे, इसहाकले सोधे, “बुबा, हामीसंँग बलिको निम्ति दाउरा त छ, तर थुमा कहाँ छ त ?”
  • ११ः२ परमेश्‍वरमा विश्‍वास गर्नेहरूको जेष्‍ठ सन्तानलाई बचाउने उपाय उहाँले दिनुभयो । हरेक परिवारले एउटा सिद्ध थुमा वा बाख्रालाई छान्‍नुपर्थ्यो र मार्नुपर्थ्यो ।
  • २४ः६ अर्को दिन, येशू, यूहन्‍नाकहाँ बप्‍तिस्मा लिन आउनुभयो । जब यूहन्‍नाले उहाँलाई देखे, उनले भने, “हेर, परमेश्‍वरका थुमा जसले संसारको पाप उठाइलानुहुने छ ।”
  • ४५ः८ उहाँले पढ्नुभयो, “उनीहरूले त्यसलाई थुमालाई झैँ मार्न लगे र __थुमा__झैँ चुपचाप रहे, त्यसले एक शब्द पनि बोलेनन् ।”
  • ४८ः८ जब परमेश्‍वरले अब्राहामलाई आफ्नो छोरा इसहाकलाई बलि चढाउनू भन्‍नुभयो, परमेश्‍वरले उनको छोरोको सट्टामा एउटा थुमा उपलब्ध गराउनुभयो । हामी सबै हाम्रो पापको निम्ति मर्न लायकका छौँ! तर हाम्रो सट्टामा मर्न परमेश्‍वरले परमेश्‍वरका थुमा, येशू उपलब्ध गराउनुभयो ।
  • ४८ः९ जब परमेश्‍वरले मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो, उहाँले सबै इस्राएली परिवारहरूलाई एउटा सिद्ध थुमा मारेर आ-आफ्ना ढोकाहरूको माथि र छेउमा त्यसको रगत छर्कनू भन्‍नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H7716, G07210, G23160