ne_ta/translate/resources-types/01.md

12 KiB

ULT बाट अनुवाद गर्न

  • यूएलटीपढ्नुहोस् । तपाईंले सही प्रकारले, स्पष्ट र स्वभाविक रूपमा आफ्ना भाषाहरूमा अनुवाद गर्नको लागि पाठको अर्थ बुझ्‍नुहुन्छ ?
  • बुझ्छु? अनुवाद गर्न सुरु गर्नुहोस् ।
  • बुझ्दिनँ? यूएसटी हेर्नुहोस् । के यूएसटीले यूएलटी पाठको अर्थ बुझ्‍नको निम्ति तपाईंलाई सहायता गर्छ ?
  • सहायता गर्छ ? अनुवाद गर्न सुरु गर्नुहोस् ।
  • सहायता गर्दैन ? सहायताको लागि अनुवाद टिप्पणीहरू पढ्नुहोस् ।

अनुवाद टिप्पणीहरू यूएलटीबाट साभार गरी व्याख्या गरिएका शब्दहरू वा वाक्यांशहरू हुन् । अंग्रेजीमा यूएलटीलाई व्याख्या गर्ने हरेक टिप्पणी उस्तै तरिकाले सूरू हुन्छ । बुदाँ बुलेट प्वाइन्टमा हुन्छन्, यूएलटी पाठ ड्यासपछि मोटो अक्षरमा लेखिएको हुन्छ र त्यहाँ अनुवादकका लागि अनुवाद सुझावहरू र जानकारी हुन्छन् । टिप्पणीहरूमा प्रयोग गरिने ढाँचाः

  • साभार गरिएको यूएलटीपाठ - अनुवादकका लागि अनुवाद सुझाव वा जानकारी ।

टिप्पणीहरूका प्रकार

अनुवाद टिप्पणीहरूमा धेरै प्रकारका टिप्पणीहरू दिइएका हुन्छन् । प्रत्येक टिप्पणीहरूले गर्ने व्याख्या फरक हुन्छन् । अनुवादकलाई टिप्पणीका विभिन्‍न प्रकारहरू थाहा भयो भने तिनीहरूलाई बाइबलका पाठलाई आफ्ना भाषामा अनुवाद गर्ने उत्तम तरिका छनौट गर्नमा सहायता गर्छ ।

  • परिभाषाहरू सहितका टिप्पणीहरू - कहिलेकाहीँ तपाईंलाई यूएलटीमा भएको शब्दको अर्थ थाह नहुनसक्छ । शब्द वा वाक्यांसहरूका साधारण परिभाषाहरू उद्धरण वा वाक्यको ढाँचा बिना नै राखिएका हुन्छन् ।
  • व्याक्या गर्ने टिप्पणीहरू - शब्द वा वाक्यांसहरूको बारेमा सरल व्याख्याहरू वाक्यको ढाँचामा दिइएका हुन्छन् ।
  • अनुवाद गर्ने अन्य तरिकाहरूको लागि सुझाव दिने टिप्पणीहरू । - यस्ता टिप्पणीका प्रकारहरू धेरै भएको हुनाले तिनीहरूको विस्तृत व्याख्या तल गरिएको छ ।

अनुवादका निम्ति सुझावहरू

अनुवादका निम्ति सुझावहरू विभिन्‍न किसिमका हुन्छन्ः

  • पर्यायवाची र समान अर्थ दिने वाक्यांसहरू सहितका टिप्पणीहरू - कहिलेकाहीँ टिप्पणीहरूले अनुवादका निम्ति सुझावहरू उपलब्ध गराउँछन् । तिनले यूएलटीमा भएका शब्द र वाक्यांसहरूलाई प्रतिस्थापन गर्न सक्छन् । यी प्रतिस्थापन गरिएका शब्द वा वाक्यांशले वाक्यको अर्थलाई परिवर्तन गर्दैनन् । यिनीहरू पर्यायवाची र बराबर अर्थ दिने वाक्यंशहरू हुन् र यिनलाई दोहोरो उद्धरणहरूमा लेखिएका हुन्छन् । यिनीहरूको अर्थ यूएलटी पाठसँग मेल खान्छ ।
  • वैकल्पिक अनुवाद सहितका टिप्पणीहरू (AT) - वैकल्पिक अनुवाद यूएलटीको बनावट वा विषयवस्तु परिवर्तणको लागि दिइएको सुझाव हो किनकि लक्षित भाषामा फरक ढाँचाको प्रयोग हुनसक्छ । यूएलटीको बनावट वा विषयवस्तु तपाईंको भाषामा ठीक वा स्वभाविक नहुने अवस्थामा वैकल्पिक अनुवादको प्रयोग गरिनुपर्छ ।
  • यूएसटी अनुवादलाई स्पष्ट पार्ने टिप्पणीहरू - यदि यूएसटीले यूएलटीको लागि राम्रो वैकल्पिक अनुवाद उपलब्ध गराएको अवस्थामा वैकल्पिक अनुवाद उपलब्ध गराउने टिप्पणी नहुनसक्छ । टिप्पणीले यूएसटीको पाठसँगै वैकल्पिक अनुवादहरू उपलब्ध गर्छ र कहिलेकाहीँ यूएसटीको पाठलाई वैकल्पिक अनुवादहरूको रूपमा उद्धरण गर्छ । यस्तो अवस्थामा टिप्पणीमा यूएसटीबाट लिइएको पाठको पछाडि “(यूएसटी)”लेखिन्छ ।
  • वैकल्पिक अर्थहरू भएका टिप्पणीहरू - कुनै शब्द वा वाक्यांश एक भन्दा धेरै तरिकाले बुझिने अवस्थामा केही टिप्पणीहरूले वैकल्पिक अर्थहरू उपलब्ध गराउँछन् । यस्तो अवस्थामा टिप्पणीले सबैभन्दा सम्भावित अर्थलाई पहिले राख्छ।
  • सम्भाव्य वा सम्भावित अर्थहरू सहितका टिप्पणीहरू - कहिलेकाहीँ बाइबलका विद्वानहरू बाइबलमा भएका निश्चित वाक्यांश वा वाक्यले भन्‍न खोजेको अर्थ के हो भन्‍ने कुरामा निश्चित हुँदैनन्, वा यसको अर्थमा सहमत हुँदैनन् । यसका केही कारणहरू यस प्रकार छन्ः प्राचीन बाइबलका पाठहरूमा साना-साना फरकहरू हुन्छन् वा एउटा शब्दको एकभन्दा धेरै अर्थ वा प्रयोग हुन्छ, वा कुनै एउटा निश्चित वाक्यांशमा एउटा शब्द (जस्तै सर्वनाम) ले के जनाउँछ भन्‍ने कुराको स्पष्ट नहुनसक्छ । यस्तो अवस्थामा, टिप्पणीले सबैभन्दा सम्भावित अर्थ उपलब्ध गराउँछ, वा सबैभन्दा धेरै सम्भावित अर्थलाई पहिले राखेर अन्य धेरै अर्थहरूको सूची प्रदान गर्छ ।
  • अलङ्‍कार पहिचान गर्ने टिप्पणीहरू - अलङ्‍कार भएको यूएलटी पाठमा अलङ्‍कारलाई अनुवाद गर्ने तरिकाको वर्णन टिप्पणीले उपलब्ध गराउँछन् । कहिलेकाहीँ वैकल्पिक अनुवाद (वैकल्पिक अनुवाद:) उपलब्ध गराइन्छ । अनुवादकलाई त्यस्ता प्रकारका अलङ्‍कारका अर्थलाई सहि तरिकाले अनुवाद गर्नमा सहायता होस् भनेर थप जानकारी र अनुवाद रणनीतिहरूको लिङ्‍क अनुवाद एकेडेमी पृष्ठमा दिइएको हुन्छ ।
  • प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरूलाई पहिचान गर्ने टिप्पणीहरू - उद्धरणहरू दुई प्रकारका हुन्छन् : प्रत्यक्ष उद्धरण र अप्रत्यक्ष उद्धरण । उद्धरणहरूलाई अनुवाद गर्दा अनुवादकले प्रत्यक्ष उद्धरणमा वा अप्रत्यक्ष उद्धरणमा कुनमा अनुवाद गर्ने हो भन्‍ने कुराको निर्णय लिनुपर्छ । यी टिप्पणीहरूले अनुवादकलाई छनौट गर्नुपर्छ भन्‍ने कुरामा सचेत गराउँछन् ।
  • लामा यूएलटी वाक्यांशहरूका लागि टिप्पणीहरू - कहिलेकाहीँ वाक्यांशलाई उल्लेख टिप्पणीहरू दिइएका हुन्छन् र उक्त वाक्यंशका खण्डहरूलाई उल्लेख गर्ने टिप्पणीहरू पनि दिइएका हुन्छन् । यस्तो अवस्थामा लामो वाक्यांशको टिप्पणी पहिले दिइन्छ र त्यसपछि साना -साना भागहरूका टिप्पणीहरू । यसैगरी टिप्पणीहरूले सम्पूर्ण खण्ड र हरेक प्रत्येक खण्डको निम्ति अनुवाद सुझाव वा व्याख्याहरू दिन सक्छन् ।