ne_ta/translate/resources-long/01.md

2.6 KiB

विवरण

कहिलेकाहीँ वाक्यांश र त्यस वाक्यांशको केही भागको लागि छुट्टाछुट्टै टिप्पणीहरू दिइएका हुन्छन् । यस्तो अवस्थामा लामो वाक्यांशको व्याख्या पहिले र यसका भागहरूको व्याख्या पछि गरिन्छ ।

अनुवाद टिप्पणीहरूका उदाहारणहरू

तर तिम्रो कठोर र अपश्‍चात्तापी हृदयमा तिमीले आफ्‍नो निम्‍ती त्‍यस क्रोधका दिनको लागि क्रोध थुपारिरहेछौ । (रोमी २:५)

  • तर तिम्रो कठोर र अपश्‍चात्तापी हृदयमा - पावलले परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गर्नेलाई बुझाउन केही कडा , ढुङ्गा जस्तै वस्तुसँग तुलना गर्नको निम्ति रुपकको प्रयोग गर्छन् । पावले लक्षणापनि प्रयोग गरेका छन् यहाँ एउटा व्यक्तिलाई प्रस्तुत गर्न उनले "हृदय" को प्रयोग गरेका छन् । वैकल्पिक अनुवाद: "किनकि तिमीले सुन्‍न र पश्‍चात्ताप गर्न इन्कार गरेका छौ" (हेर्नुहोस्: रुपक and लक्षणा)

  • कठोर र अपश्‍चात्तापी हृदय - वाक्यांश "अपश्‍चात्तापी हृदय" ले ""कडापन शब्दलाई व्याख्या गर्दछ । (हेर्नुहोस्: उस्तै अर्थ दिने दुई शब्दहरू)

  • यी उदाहारणहरूमा पहिलो टिप्पणीले रुपक र लक्षणाको व्याख्या गर्दछ र दोस्रोले त्यहि खण्डको प्रतिरुपलाई व्याख्या गर्दछ ।*