ne_ta/translate/resources-clarify/01.md

3.3 KiB

विवरण

कहिलेकाहीँ टिप्पणीले यूएसटी अनुवादबाट सल्लाह प्रदान गर्छ । त्यस्तो अवस्थामा यूएसटीबाट ल्याईएको पाठको पछाडि “(यूएसटी)” लेखिन्छ ।

अनुवाद टिप्पणीका उदाहरणहरू

उहाँ जो स्वर्गमा विराजमान हुनुहुन्छ तिनीहरूको उपहास गर्नुहुन्छ ।(भजनसंग्रह २:४)

जो स्वर्गमा विराजमान हुनुहुन्छ तिनीहरूप्रति हाँस्‍नुहुन्छ । (भजनसंग्रह २:४)

यस पदको सम्बन्धमा टिप्पणीले यसो भन्छः

  • स्वर्गमा विराजमान - यहाँ विराजमानले शासन गर्नुलाई जनाउँदछ । उहाँके मा बस्‍नुहुन्छ भन्‍ने स्पष्टसँग उल्लेख गरिएको छ । वैकल्पिक अनुवाद: “स्वर्गमा राज्य गर्नुहुन्छ वा “स्वर्गमा सिंहासनमा विराजमान हुनुहुन्छ (हेर्नुहोस: लक्षणा प्रत्यक्ष)

यहाँ वाक्यांशको अनुवादको लागि दुई प्रकारका सुझाव दिइएका छन् ‘स्वर्गमा विराजमान हुनुहुन्छ’ पहिलोले "स्वर्गमा को विराजमान हुनुहुन्छ" भन्‍ने कुरा स्पष्टसँग व्यक्त गरेको छ, दोस्रोले शासन गर्ने व्यक्तिको बारेमा संकेत गर्दै उहाँ "सिंहासनमा" बस्‍नुहुन्छ भन्‍ने कुरालाई स्पष्टसँग बताउँदछ । यो सल्लाह यूएसटी बाट लिइएको हो ।

जब उसले येशूलाई देख्यो, ऊ घोप्टो पर्‍यो । (लूका ५:१२)

जब उसले येशूलाई देख्यो, उसले घोप्टो परी बिन्ती गर्यो । (लूका ५:१२)

यो पदको लागि टिप्पणीले भन्छः

  • ऊ घोप्टो पर्‍यो - “उसले घुँडा टेक्यो र आफ्नो अनुहारले जमिन छोयो " वा " ऊ जमिनसम्म झुक्यो " (यूएसटी)

यहाँ यूएसटीका शब्दहरू प्रयोग गरेर अर्को अनुवादको लागि सुझाव दिएका छन् ।