ne_ta/translate/resources-fofs/01.md

6.1 KiB
Raw Permalink Blame History

विवरण

शाब्दिक अर्थ दिने शब्दहरूको प्रयोग नगरी कुनै कुरा व्यक्त गर्नको निम्ति प्रयोग गरिने तरिकालाई अलङ्‍कार भनिन्छ । अलङ्‍कार सिधा अर्थ दिने शब्दभन्दा फरक हुन्छ । अलङ्‍कार विभिन्‍न प्रकारका हुन्छन् ।

खण्डमा प्रयोग गरिएको अलङ्‍कारको अर्थ अनुवाद टिप्पणीहरूमा व्याख्या गरिएको हुन्छ । कहिलेकाहीँ वैकल्पिक अनुवाद पनि दिइएको हुन्छ । जसलाई “वैकल्पिक अनुवाद” भनेर लेखिएको हुन्छ । अनुवाद एकेडेमी (अनुवाद एकेडेमी) पृष्ठमा जाने लिङ्क पनि हुन्छ जसले यस्ता अलङ्‍कारको थप जानकारी र अनुवाद रणनीतिहरू उपलब्ध गराउँछ ।

अर्थलाई अनुवाद गर्नको लागि तपाईंले अलङ्‍कारलाई पहिचान गर्न सक्षम हुनुपर्छ र स्रोत भाषामा यसको अर्थ के हुन्छ भनी थाहा पाउनुपर्छ । त्यसपछि लक्षित भाषामा अनुवाद गर्दा उस्तै अर्थ दिनको लागि अलङ्‍कारको प्रयोग गर्ने वा सिधा अर्थ संचार गर्ने भन्‍ने कुराको छनौट गर्न सकिन्छ ।

अनुवाद टिप्पणीहरूका उदाहरणहरू

मेरो नाउँमा धेरै जना आउने छन् र भन्‍ने छन्, ‘म उहि नै हुँ, र तिनीहरूले धेरैलाई भ्रममा पार्ने छन् । (मर्कूस १३:६)

  • मेरो नाउँमा - सम्भावित अर्थहरू १) वैकल्पिक अनुवाद: “मेरो अधिकारलाई दाबी गरेर ” २) “परमेश्‍वरले उनीहरूलाई पठाएको भनी दाबी गरेर ।” (हर्नुहोस् : लक्षणाात्मकवाक्पद्धति)

यस टिप्पणीमा अलङ्‍कारलाई लक्षणाात्मक भनिन्छ । "मेरो नाउँमा" वाक्यांशले वक्त्ताको नाउँलाई (येशू) इङ्कित गर्दैन, तर उहाँको व्यक्तित्व र अधिकारलाई जनाउँछ । यो पाठमा टिप्पणीले दुईवटा वैकल्पिक लक्षणात्मक अनुवादहरू दिएर व्याख्या गर्दछ । लक्षणाको बारेमा अनुवाद एकेडेमी पृष्ठमा लिङ्क दिइएको हुन्छ । लक्षणाको बारेमा थप जानकारी र लक्षणाको अनुवादसम्बन्धि रणनीतिहरूको लागि लिङ्कमा क्लिक गर्नुहोस् । किनकि यो वाक्यांश एउटा साझा वाक्पद्धति हो । टिप्पणीमा अनुवाद एकेडेमी पृष्ठको सम्पर्क समावेश गरिएको हुन्छ, जसले वाक्पद्धतिको व्याख्या गर्दछ ।

“ए सर्पका बच्‍चा हो,! तिमीहरूलाई आइलाग्‍ने क्रोधबाट भाग्‍न कसले चेताउनी दियो? (लुका ३:७)

  • ए सर्पका बच्चा हो - यो रूपकमा , यूहन्‍नाले भिडलाई सर्पका बच्चासँग तुलना गरेका छन्, जुन घातक वा खतरनाक सर्पहरू र दुष्टलाई प्रतिनिधित्व गर्दछन् । वैकल्पिक अनुवाद: "तिमी दुष्ट विषालु सर्पहरू " वा "मानिसहरू तिमीहरूबाट टाढै बस्‍नुपर्छ जसरी उनीहरू विषालु सर्पहरूदेखि टाढै हुन्छन् "। (हेर्नुहोस्: रूपक)

यस टिप्पणीमा भएको अलङ्‍कारलाई लक्षणा भनिन्छ । टिप्पणीले रूपकको व्याख्या गर्दछ र दुईवटा वैकल्पिक अनुवादहरू दिन्छ । त्यसपछि रूपकहरूको बारेमा अनुवाद एकेडेमी पृष्ठमा लिङ्क हुन्छ । रूपकहरूको बारेमा र तिनीहरू अनुवाद गर्ने सामान्य रणनीतिहरूका बारेमा सिक्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् ।