ne_ta/translate/resources-iordquote/01.md

5.7 KiB

विवरण

उद्धरण दुई प्रकारका हुन्छन्ः प्रत्यक्ष उद्धरण र अप्रत्यक्ष उद्धरण । एउटा उद्धरणलाई अनुवाद गर्दा प्रत्यक्ष उद्धरण वा अप्रत्यक्ष उद्धरण कुनमा अनुवाद गर्ने भन्‍ने कुरा अनुवादकले विचार गर्नुपर्छ । (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरू )

यदि ULT मा प्रत्यक्ष वा अप्रत्यक्ष उद्धरण छ भने, टिप्पणीहरूमा यसलाई अर्को किसिमको उद्धरणमा अनुवाद गर्ने विकल्प हुनसक्छ । अनुवाद सुझावको शुरूवात यसरी हुनसक्छ "यसलाई प्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छः" वा "अप्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छः" यसपछि त्यस किसिमको उद्धरण दिइएको हुन्छ । यसपछि "प्रत्यक्ष वा अप्रत्यक्ष उद्धरणहरू" दिइएको लिङ्क आउँछ ।

कुनै एउटा उद्धरणको भित्र अर्को उद्धरण भएको अवस्थामा प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरूको टिप्पणीले अलमलमा पार्न सक्छ । कुनै-कुनै भाषाहरूमा यी मध्ये एउटा उद्धरणलाई प्रत्यक्ष उद्धरणमा र अर्कोलाई अप्रत्यक्ष उद्धरणमा अनुवाद गर्नु धेरै स्वभाविक हुनसक्छ । जानकारी पृष्ठको सम्पर्कसँगै टिप्पणी समाप्त हुन्छ जसलाई उद्धरण भित्रको उद्धरणभनिन्छ ।”

अनुवाद टिप्पणीहरूका उदाहरणहरू

उहाँले तिनलाई कसैलाई नभन्‍ने निर्देशन दिनुभयो । (लुका ५:१४)

  • कसैलाई नभन्‍ने - यसलाई प्रत्यक्ष उद्धरणमा अनुवाद गर्न सकिन्छः "यो कसैलाई नभन्‍नू" यहाँ अप्रत्यक्ष जानकारी छ जसलई स्पष्ट रूपमा पनि उल्लेख गर्न सकिन्छ । (वैकल्पिक अनुवाद): "तिमी निको भएको कुरा कसैलाई नभन्‍नू" हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरूइलिप्सिस)

यहाँ अनुवाद टिप्पणीले लक्षित भाषामा अर्थ अझ स्पष्ट वा स्वभाविक देखिने पार्नको निम्ति अप्रत्यक्ष उद्धरणलाई प्रत्यक्ष उद्धरणमा कसरी परिवर्तन गर्न सकिन्छ भन्‍ने देखाउँछ ।

फसलको समयसम्‍म ।कटनी गर्नेहरूलाई भन्‍ने छु, 'पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँचाहिँ मेरो ढुकुटीमा राख ।” (मत्ती १३:३०)

  • फसलको बेलामा कटनी गर्नेहरूलाई भन्‍नेछु ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँचाहिँ मेरो ढुकुटीमा राख’।” यसलाई अप्रत्यक्ष उद्धरणको रूपमाअनुवाद गर्न सकिन्छः " पहिले सामा उखेल्नलाई र जलाउनको लागि बिटा बाँधनलाई, त्यसपछि गहुँचाहिँ मेरो ढुकुटीमा राख्‍नलाई म फसलको बेलामा कटनी गर्नेहरूलाई भन्‍ने छु । " हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष उदाहरणहरू)

अनुवाद टिप्पणीले लक्षित भाषामा अझ स्पष्ट वा स्वभाविकअर्थ देखिने भएमा प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणमा कसरी परिवर्तन गर्न सकिन्छ भन्‍ने देखाउँछ ।