ne_ta/translate/figs-ellipsis/01.md

6.5 KiB

विवरण

वक्ता वा लेखकले पाठक वा श्रोताहरूले बुझिहाल्छन् नि भन्‍ने ठानेर वाक्यबाट एक वा त्यसभन्दा बढी शब्दहरू नराख्‍ने वा नबोल्ने कामलाई शब्दलोप भनिन्छ । छुटाएका शब्दहरू प्रायः त्यस अघिका वाक्यमा नै व्यक्त भएका हुन्छन् ।

... दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍ने छैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा... । (भजनसंग्रह १:५)

यहाँ शब्दलोपको प्रयोग भएको छ किनकि "पापीहरूले धर्मीहरूको सभामा" वाक्यांश पूर्ण वाक्य होइन । पापीहरूले धर्मीहरूको सभामा के प्राप्त गर्दैनन् भन्‍ने कुरा पाठकहरूले यस अगाडिको वाक्यबाट बुझ्छन् भन्‍ने लेखकको सोच हो ।

यो अनुवादको विषय हुनुको कारण

आफ्नो भाषामा शब्दलोपको प्रयोग नगर्ने पाठकहरूले अपूर्ण वाक्यांश र वाक्यबाट के छुटेको छ भन्‍ने कुरा बुझ्दैनन् ।

बाइबलबाट उदाहरणहरू

... त्‍यो नजिक आएपछि उहाँले त्‍यसलाई सोध्‍नुभयो, ४१“तिमी के चाहन्‍छौ? म तिम्रो निम्‍ति के गरूँ?” त्‍यसले भन्‍यो, “प्रभु, म देख्‍न सकूँ”। (लूका १८:४०-४१)

त्यो मान्छेले अपूर्ण जवाफ दियो किनकि ऊ नम्र हुन चाहन्थ्यो र येशूसँग सिधै निको पार्नूहोस् भन्‍न सकेन । आफूले देख्‍न सकूँ भनेको येशूसँग निको बनाउनुहोस् भनेर बिन्ति गरेको हो भन्‍ने कुरा येशूले बुझ्‍नुहुन्छ भन्‍ने उसलाई थाहा थियो ।

उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई झैं उफार्नुहुन्छ र सिरियोन पर्वतलाई जङ्गली साँढेलाई झैं । (भजनसंग्रह २९:६)

यहाँ लेखकले कवितालाई राम्रो बनाउनको लागि थोरै शब्दहरूको खर्च गर्छन् । उनले सिरियोन पर्वतलाई जङ्गली साँढेलाई झैं उफार्नुहुन्छ भनेर लेखेनन् किनकि उनका पाठकहरूले यो कुरा बुझ्छन् भन्‍ने उनलाई थाहा थियो ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा शब्दलोपको प्रयोग स्वभाविक छ र सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् नत्रभने यसको विकल्प छः

१. अपूर्ण वाक्यांश वा वाक्यमा छुटेका शब्दहरू थप्‍नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. अपूर्ण वाक्यांश वा वाक्यमा छुटेका शब्दहरू थप्‍नुहोस् ।

  • ... दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍ने छैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा... दुष्टहरू न्यायमा खडा हुनेछैनन् नतधर्मीको सभामा पापीहरू । (भजनसंग्रह १:५)
    • दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍ने छैनन्‌, र पापीहरूले धर्मीहरूको सभामास्थान पाउने छैनन् ।
  • ... त्‍यो नजिक आएपछि उहाँले त्‍यसलाई सोध्‍नुभयो, ४१“तिमी के चाहन्‍छौ? म तिम्रो निम्‍ति के गरूँ?” त्‍यसले भन्‍यो, “प्रभु, म देख्‍न सकूँ” ।” (लूका १८:४०-४१)
    • ... त्‍यो नजिक आएपछि उहाँले त्‍यसलाई सोध्‍नुभयो, ४१“तिमी के चाहन्‍छौ? म तिम्रो निम्‍ति के गरूँ?” त्‍यसले भन्‍यो, “प्रभु, तपाईंले मलाई निको पार्नुहोस् भन्‍ने म चाहन्छु ताकि म देख्‍न सकूँ” ।
  • उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई झैं उफार्नुहुन्छ र सिरियोन पर्वतलाई जङ्गली साँढेलाई झैं (भजनसंग्रह २९:६)
    • उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई झैं र सिरियोन पर्वतलाई जङ्गली साँढेलाई झैं उफार्नुहुन्छ