ne_ta/translate/figs-quotesinquotes/01.md

14 KiB
Raw Permalink Blame History

वर्णन

कुनै एउटा कथनभित्र अर्को कथन हुनसक्छ र त्यस भित्र रहेको कथनभित्र पनि अर्को कथन हुनसक्छ । एउटा कथनभित्र अर्को कथन हुने अवस्थालाई कथनहरूको तह भनेर चिनिन्छ । कुनै एउटा कथनभित्र अन्य कथनहरूको तह भएको अवस्थामा स्रोता र पाठकले कसले के कुरा भनिरहेको छ भनेर छुट्ट्याउन कठिन हुन्छ । केही भाषाहरूले यसलाई सरल बनाउनको निम्ति प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू मिलाएर राख्‍ने गर्छन् ।

यो अनुवादको विषय हुनुका कारणहरू

१. कुनै एउटा कथनभित्र अर्को कथन हुने अवस्थामा प्रयोग गरिएको सर्वनामले कसलाई सम्बोधन गरेको हो भन्‍ने कुरा बुझ्‍न जरूरी हुन्छ । उदाहरणको लागि कुनै एउटा कथनभित्र रहेको कथनमा "म" शब्दको प्रयोग भएको छ भने त्यसले बाहिरी कथन वा भित्री कथनमध्ये कुनको वक्तालाई जनाएको छ भन्‍ने कुरा छुट्याउन कठिन हुन्छ । २. उद्धरणभित्रका उद्धरण भएको अवस्थामा केही भाषाहरूमा फरक किसिमका कथनहरूको प्रयोग गरिन्छन् । केहीमा प्रत्यक्ष र केहीमा अप्रत्यक्ष कथनहरूको प्रयोग गरिन्छन् । ३. केही भाषाहरूमा अप्रत्यक्ष कथनको प्रयोग गरिन्‍न ।

बाइबलबाट उदाहरणहरू

एउटा तह भएको कथन

पावलले भने, “तर म त जन्‍मसिद्ध रोमी हुँ ।” (प्रेरित २२:२८ )

दुई तह भएका कथनहरू

तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌ । किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउने छन्‌ ।” मत्ती २४:४-५

बाहिरी तहको कुरा येशूले आफ्ना चेलाहरूलाई भनेको कुरा हो । दोस्रो तहमा अन्य व्यक्तिहरूले के भन्‍ने छन् भन्‍ने कुरा पर्छ ।

येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्‍नुहुन्‍छ ।” (यूहन्‍ना १८:३७ )

बाहिरी तहले येशूले पिलातसलाई भन्‍नुभएको कुरालाई जनाउँछ । दोस्रो तहले पिलातसले येशूलाई भनेको कुरालाई जनाउँछ ।

तिन तह भएको कथन

...अब्राहामले भने, ...‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्‌” भन्‍नू है’।” (उत्पत्ति २०:१०-१३ )

बाहिरको तहले अब्राहमले अबीमेलेकलाई भनेको कुरालाई जनाउँछ । दोस्रो तहले अब्राहमले आफ्नी पत्‍नीलाई भनेको कुरालाई जनाउँछ । तेस्रो तहले तिनकी पत्‍नीले भन्‍नुपर्छ भनेर अब्राहमले चाहेको कुरालाई जनाउँछ । (हामीले तेस्रो तहलाई रेखाङ्‍कन गरेका छौँ ।

चार तह भएको कथन

तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌ने छैनस्‌ । तँ निश्‍चय नै मर्नेछस्‌’। “ (२ राजा १:६ )

सबैभन्दा बाहिरी तहले दूतले राजालाई भनेको कुरालाई जनाउँछ । दोस्रो तहले दूतलाई भेट्ने मानिसले भनेको कुरालाई जनाउँछ । तेस्रो तहले त्यस दूतले राजालाई के भनोस् भनेर त्यस मानिसले चाहन्छ भन्‍‍ने कुरालाई जनाउँछ । चौथो कुरा परमप्रभुले भनेको कुरालाई जनाउँछ । (हामीले चौथो तहलाई रेखाङ्‍कन गरेका छौँ ।)

अनुवादका रणनीतिहरू

केही भाषाहरूमा प्रत्यक्ष कथनको मात्र प्रयोग गरिन्छ । अन्य भाषाहरूमा दुबै कथनहरू प्रयोग गरिन्छ । केही भाषाहरूमा प्रत्यक्ष कथनहरूको धेरै तहहरूको प्रयोग अनौठो गर्नु अनौठो र अलमलमा पार्ने हुनसक्छ ।

१. सबै कथनहरूलाई प्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । २. एउटा वा केही कथनहरूलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । (हेर्नुहोस् प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. सबै कथनहरूलाई प्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । तलको उदाहरणमा अप्रत्यक्ष कथनहरू र प्रत्यक्ष कथनमा परिवर्तन गरिएका कथनहरूलाई रेखाङ्‍कन गरिएको छ ।

  • फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ, ...यसैले यस कुराको जाँच पडताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्‍यसको इच्‍छा छ कि भनेर त्‍यसलाई मैले सोधें । तर पावलले सम्राट्‌को फैसला नभएसम्‍म हिरासतमै राख्‍नू भनी अपिल गरेको हुनाले त्‍यसलाई कैसरकहाँ नपठाउञ्‍जेल पहरामा राख्‍ने हुकुम दिएँ ।” (प्रेरित २५:१४-२१ )
    • फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ, ...यसैले यस कुराको जाँच पडताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न त्यसलाई सोधें, 'यी कुराको न्यायको निम्ति के तिमी यरूशलेम जान्छौ?' । तर जब पावलले यसो भने, 'सम्राट्‌को फैसला नभएसम्‍म हिरासतमै बस्‍न चाहन्छु,' तब मैले पहरेदारलाई भने, त्‍यसलाई कैसरकहाँ नपठाउञ्‍जेल पहरामा राख्‍नू ।' "

२. एउटा वा केही कथनहरूलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । अङ्ग्रेजी भाषाको शब्द "that” अर्थात् नेपाली भाषाको "कि" को प्रयोग अप्रत्यक्ष कथनको अगाडि प्रयोग गर्न सकिन्छ । तलको उदाहरणमा यसलाई रेखाङ्‍कन गरिएको छ । अप्रत्यक्ष कथनको कारणले परिवर्तन गरिएको सर्वनामलाई पनि रेखाङ्‍कन गरिएको छ ।

  • परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूको गनगन मैले सुनेको छु । तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खाने छौ, र बिहान रोटीले अघाउने छौ । तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने तिमीहरूले थाहा पाउने छौ’।” (प्रस्थान १६:११-१२ )
    • परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूको गनगन मैले सुनेको छु । तिनीहरूलाई भन् कि बेलुकी तिनीहरूले मासु खाने छन्, र बिहान रोटीले अघाउने छन्। तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने तिनीहरूले थाहा पाउने छन् ।”
  • तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌ने छैनस्‌। तँ निश्‍चय नै मर्ने छस्‌’।” (२ राजा १:६ )
    • तिनीहरूले जवाफ दिए कि तिनीहरूसँग भेट गर्नलाई एक जना मानिस आएका थिए र तिनले तिनीहरूलाई भने, "तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन कि परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌ने छैनस्‌। तँ निश्‍चय नै मर्ने छस्‌’।”