ne_ta/translate/resources-def/01.md

3.0 KiB
Raw Permalink Blame History

विवरण

कहिलेकाँही यूएलटीमा भएको कुनै शब्दको अर्थ तपाईंलाई थाहा नहुनसक्छ । यस्तो अवस्थामा अर्थ बुझ्‍नको लागि सजिलो होस् भनेर टिप्पणीमा उक्त शब्द वा वाक्यांशको परिभाषा वा विवरण दिइएको हुनसक्छ ।

अनुवाद टिप्पणीका उदाहरणहरू

शब्द वा वाक्यांशका सरल परिभाषाहरू वा भनाइहरू वाक्यका स्वरुपबिना नै राखिएका हुन्छन् । केही उदाहरणहरूः

यो बजारमा केटाकेटीहरू खेलेजस्तै हो, जो बस्छन् र एकले अर्कोलाई बोलाउँछन् र भन्छन् , "हामीले तपाईंको लागि बाँसुरी बजायौँ" ” (मत्ती ११:१६-१७)

  • बजार - एउटा ठूलो खुला ठाँउ जहाँ मानिसहरू सामानहरू बिक्री वा खरिद गर्न आउँछन् बाँसुरी - एउटा लामो, खोक्रो साँगीतिक उपकरण हो जुन फुकेर बजाइन्छ ।

मानिसहरू जो सुन्दर वस्त्र पहिरिएका हुन्छन् र विलासितामा जिउँछन् तिनीहरू राजदरबारमा हुन्छन् (लूका ७:२५ )

  • राजदरबार - राजा बस्‍ने एउटा ठूलो र महँगो घर ।

अनुवादका सिद्वान्तहरू

  • सम्भव छ भने पहिले नै तपाईंको भाषामा प्रयोग भइहेका शब्दहरू प्रयोग गनुहोस् ।
  • यदि सम्भव छ भने छोटकरीमा व्यक्त्त गर्नुहोस् ।
  • परमेश्‍वरको आज्ञा र ऐतिहासिक तथ्यहरूलाई सही तरिकाले प्रस्तुत गर्नुहोस् ।

अनुवादका रणनीतिहरू

तपाईंको भाषामा थाहा नभएका शब्दहरू अथवा वाक्यांशहरूको अनुवाद गर्नको लागि थप जानकारीलागि अज्ञात कुराहरूको अनुवाद हेर्नुहोस् ।