ne_ta/translate/resources-alter/01.md

6.2 KiB

विवरण

वैकल्पिक अनुवाद लक्षित भाषामा फरक ढाँचाको आवश्यक्ता परेको अवस्थमा यूएलटी को ढाँचा परिवर्तण गर्ने एउटा सम्भावित तरिका हो । यूएलटी को बनावटले गलत वा अस्पष्ट वा अप्राकृतिक अर्थ दिने अवस्थामा वैकल्पिक अनुवादको प्रयोग गरिन्छ ।

वैकल्पिक अनुवादमा सुझाव समावेश हुनसक्छ, उदाहरणको लागि अप्रत्यक्ष जानकारी स्पसष्टसँग बताउनलाई, कर्म वाच्यलाई कर्तृ वाच्यमा परिवर्तण गर्दा, वा आलंकारिक प्रश्नहरूलाई अभिव्यत्तिहरूमा परिवर्तण गर्नको निम्ति यसको प्रयोग हुन्छ । विषयलाई व्याख्या गर्ने वैकल्पिक अनुवाद र पृष्टमा लिङ्क किन राखिन्छ भन्‍ने कुराको व्याख्या टिप्पणीले गर्छ ।

अनुवाद टिप्पणीहरूका उदाहरणहरू

"वैकल्पिक अनुवाद" ले यो संकेत गर्दछ कि यो एउटा वैकल्पिक अनुवाद हो । केहि उदाहरणहरूः २३

अन्तर्निहित जानकारी स्पष्ट बनाउनलाई

मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बदल्न सकिँदैन । (दानियल ६:१५)

  • कुनै उर्दी ...बदल्नसकिँदैन - यहाँ बुझाईमा सहायता होस् भनेर एउटा थप शव्द थपिएको हुनसक्छ । वैकल्पिक अनुवादः “कुनै उर्दी ...बदल्न सकिँदैन त्यसकारण तिनीहरूले दानियललाई सिंहको खोरमा फाल्नु पर्‍यो ।” (हेर्नुहोस् : अन्तर्निहित)

यहाँ थप वाक्यले राजाका मानिसहरूले राजालाई सम्झना गराएको कुरा देखाउँदछ, कुनै पनि आदेश वा उर्दी बदल्न सकिँदैन भन्ने राजाले बुझून् भन्ने कुरा वक्ताले चाहन्छन् । वक्ताले उल्लेख नगरेको वा अप्रत्यक्ष राखेको जानकारीलाई स्पष्ट पार्ने काम केहि कुरा अनुवादकले स्पष्ट उल्लेख गर्नुपर्ने पनि हुनसक्छ ।

कर्मबाट कर्तृमा

जसले पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्दछ, । त्‍यसलाई क्षमा हुने छैन (लुका १२:१०)

  • त्‍यसलाई क्षमा हुनेछैन् - यसलाई कर्ता क्रियामा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः परमेश्‍वरले क्षमा दिनुहुने छैन। "क्षमा" को उल्टो अर्थ दिने शब्दको प्रयोग गरेर यसलाई सकारात्मक तरिकाले पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः परमेश्‍वरले उसलाई सदाको लागि दोषी ठहर्‍याउनुहुने छ । (हेर्नुहोस् : कतृ कर्म)

अनुवादकहरूको भाषामा कर्म वाक्यहरूको प्रयोग नभएको अवस्थामा कर्म वाच्यमा भएको वाक्यलाई अनुवाद गर्ने तरिकाको उदाहरण यो टिप्पणीले दिन्छ ।

आलंकारिक प्रश्नहरू

"शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?" (प्रेरित ९:४)

  • तिमी किन मलाई सताउँछौ ? - यो आलंकारिक प्रश्नले शाऊललाई सुधार गर्ने कुराको संचार गर्छ । कुनै -कुनै भाषामा , एउटा भनाइ एकदमै स्वभाविक हुनसक्छ । (वैकल्पिक अनुवाद): तिमी किन मलाई सताइरहेका छौ !" वा एउटा आदेशको रूपमा वैकल्पिक अनुवादः "मलाई सताउन छोड ! " (हेर्नुहोस् : आलंकारिक प्रश्नहरू)

कुनै भाषामा कसैलाई सुधार गर्नको लागि आलंकारिक प्रश्नको प्रयोग गरिन्‍न भने उक्त भाषामा आलंकारिक प्रश्नलाई अनुवाद गर्ने तरिकाको बारेमा सुझाव दिइएको हो ।