ne_tw/bible/kt/sonsofgod.md

3.5 KiB
Raw Permalink Blame History

परमेश्‍वरका छोराहरू, परमेश्‍वरका सन्तानहरू

परिभाषा:

“परमेश्‍वरमा छोराहरू” धेरै सम्भावित अर्थहरू भएको एउटा आलङकारिक अभिव्याक्‍ति हो ।

  • नयाँ करारमा “परमेश्‍वरका छोराहरू”ले येशूमा विश्‍वास गर्ने सबैलाई जनाउँछ र यसले महिला र पुरुष दुवैलाई जनाउने हुनाले प्रायः “परमेश्‍वरका सन्तानहरू” का भनी अनुवाद गरिन्छ ।
  • यो शब्दको प्रयोगले छोराहरू हुनेसँग सम्बन्धित सारा विशेषाधिकारहरूसहितको मानव छोरा र बुबा बीचको सम्बन्धजस्तै परमेश्‍वरसँगको सम्बन्धबारे बताउँछ ।
  • केहीले उत्पत्ति ६ को “मानिसहरूका छोराहरू” लाई पतन भएका स्वर्गदूतहरू अर्थात् दुष्‍ट आत्माहरू वा भूतहरू हुन् भनी व्याख्या गर्छन् । अरूहरूले यसले शक्‍तिशाली राजनीतिक शसकहरू वा शेतका सन्तानहरूलाई जनाउँछ भन्‍ने सोच्छन् ।
  • "परमेश्‍वरको पुत्र"ले परमेश्‍वरको एक मात्र पुत्र येशूलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

  • “परमेश्‍वरका छोराहरू”ले येशूमा विश्‍वास गर्नेहरूलाई जनाउँदा, यसलाई “परमेश्‍वरका सन्तानहरू” को रूपमा अनुवाद गर्न सकिन्छ ।
  • उत्पत्ति ६ः२ र ४ मा "परमेश्‍वरका छोराहरू"का अनुवादमा "स्वर्गदूतहरू," "आत्मिक प्राणीहरू," "अलौकिक प्राणीहरू," वा "दुष्ट आत्माहरू" पर्छन् ।
  • “छोरा”को निम्ति अरू शब्दहरू पनि हेर्नु होला ।

(यो पनि हेर्नुहोस्: स्वर्गदूत, दुष्ट आत्मा, पुत्र, परमेश्‍वरको पुत्र, शसक, आत्मा)

बाइबल खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0430, H1121, G52070, G50430