ne_tw/bible/kt/demon.md

5.6 KiB

भूतात्मा, दुष्‍ट आत्मा, अशुद्ध आत्मा

परिभाषा:

यी सबै शब्दहरूले भूतात्माहरूलाई जनाउँछन् । यिनीहरू परमेश्‍वरको इच्छा विरुद्ध लाग्‍ने आत्मा हुन् ।

  • परमेश्‍वरले स्वर्गदूतहरूलाई उहाँको सेवाको लागि सृष्‍टि गर्नुभयो । जब दियाबलसले परमेश्‍वरको विरोध गर्‍यो, अन्य केही स्वर्गदूतहरूले पनि विरोध गरे र तिनीहरू स्वर्गदेखि बाहिर फालिए । भूतात्मा र दुष्‍टात्माहरू यिनै “खसेका स्वर्गदूतहरू” हुन् भनी विश्‍वास गरिएको छ ।
  • यिनीहरूलाई कहिलेकहीँ “अशुद्ध आत्मा” पनि भनिएको पाइन्छ । यिनीहरूले मानिसभित्र वास गरी उनीहरूलाई नियन्‍त्रण गर्ने काम पनि गर्छन् ।
  • किनभने भूतहरूले शैतानको सेवा गर्छन्, तिनिहरू खराब कामहरू गर्छन्। कहिलेकाहिँ तिनिहरू मानिसहरू भित्र बस्‍छन् र तिनिहरूलाई नियन्‍त्रण गर्छन्।
  • भूतात्माहरू मानिसहरूभन्दा शक्‍तिशाली हुन्छन् तर परमेश्‍वर जत्तिकैचाहिँ होइनन् ।

अनुवादका लागि सुझावहरूः

  • "भूत" शब्‍दलाई "दुष्‍ट आत्‍मा" भनेर पनि अनुवाद गर्न सकिन्‍छ।
  • "अशुद्ध आत्‍मा" शब्‍दलाई "अपवित्र आत्‍मा" वा "भ्रष्‍ट आत्‍मा" वा "दुष्‍ट आत्‍मा" भनेर पनि अनुवाद गर्न सकिन्‍छ।
  • निश्‍चित गर्नुहोस् कि यो शब्‍द अनुवाद गर्न प्रयोग गरिएको शब्‍द वा वाक्‍यांश शैतानलाई सन्‍दर्भ गर्न प्रयोग गरिएको शब्‍द भन्‍दा फरक छ।
  • स्‍थानिय वा राष्‍ट्रिय भाषामा "दानव" शब्दलाई कसरी अनुवाद गरिएको छ भनेर पनि विचार गर्नुहोस्। (हर्नुहोस्ः : अज्ञानहरूलाई कसरी अनुवाद गर्ने।)

हेर्नुहोस्ः (भूत-आत्‍मा लागेका, शैतान, झुठा ईश्‍वर, झुठा ईश्‍वर, स्‍वर्गदूत, दुष्‍ट, शुद्ध)

बाइबलका सन्दर्भहरूः

  • याकूब २ः१९
  • याकूब ३ः१५
  • लूका ४ः३६
  • मर्कुस ३ः२२
  • मत्ति ४ः२४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरुः

  • २६ः९ भूतहरू लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याइयो। जब येशूले तिनिहरूलाई आज्ञा दिनुभयो, भूतहरू मानिसहरूबाट बाहिर निस्‍के, र प्राय कराएर भने  "तपाई परमेश्‍वरको पुत्र हुनुहुन्‍छ।"
  • ३२ः८ भूतहरू मानिसबाट निस्‍केर सुँगुरहरूमा पसे।
  • ४७ः५ अन्‍तमा एक दिन जब दासि केटिले चिच्‍याउदै भन्‍न थालि, पावल उनितिर फर्के र उनिमा भएको भूतलाई भने, "येशूको नाममा, यसबाट बाहिर आऊ।" तुरुन्‍तै भूतले उनलाई छोड्‍यो।
  • ४९ः२ उहाँले (येशू) पानिमा हिड्‍नुभयो, आँधीबेहरी शान्‍त गर्नुभयो, धेरै बिरामिहरूलाई निको पार्नुभयो, भूतहरू धपाउनुभयो, मरेकाहरूलाई जिवित गर्नुभयो र पाचँ रोटि र दुई साना माछालाई ५००० भन्‍दा बढि मानिसहरूको लागि प्रर्याप्त खानामा परिणत गर्नुभयो।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2932, H7307, H7451, H7700, G01690, G11390, G11400, G11410, G11420, G41900, G41510, G41520, G41890