ne_tw/bible/kt/sonofgod.md

7.2 KiB
Raw Permalink Blame History

परमेश्‍वरका पुत्र, पुत्र

परिभाषा:

“परमेश्‍वरका पुत्र” ले मानवको रूपमा संसारमा आउने येशू अर्थात् परमेश्‍वरको वचनलाई जनाउँछ । उहाँलाई प्रायः “पुत्र” को रूपमा पनि उल्लेख गरिन्छ ।

  • परमेश्‍वरका पुत्रको परमेश्‍वर पिताको जस्तै स्वभाव छ, उहाँ पूर्ण रूपमा परमेश्‍वर हुनुहुन्छ ।
  • पिता परमेश्‍वर, पुत्र परमेश्‍वर र पवित्र आत्मा परमेश्‍वर सबै एकै स्वभावका छन् ।
  • परमेश्‍वरका पुत्र मानवहरूका छोराहरू जस्ता होइनन्, उहाँ सदैव अस्तित्वमा रहनुभएको छ ।
  • सुरुमा, परमेश्‍वरकापुत्र पिता र पवित्र आत्मासँगै संसार सृष्‍टि गर्नुमा सक्रिय हुनुहुन्थ्यो ।

किनकि, येशू परमेश्‍वरका पुत्र हुनुभएकोले, उहाँले उहाँको पिताको आज्ञा पालन गर्नुहुन्छ र उहाँलाई प्रेम गर्नुहुन्छ, र पिताले उहाँलाई प्रेम गर्नुहुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “परमेश्‍वरका पुत्र” को निम्ति त्यही भाषाले मानिसका छोरालाई स्वभाविक रूपमा जनाउने “छोरा” शब्द नै प्रयोग गर्नु उत्तम हुन्छ ।
  • लक्षित भाषामा अनुवाद गर्दा प्रेयोग गरिएको “छोरा” शब्द पितासँग जोडा मिल्छ वा मिल्दैन र यी प्रयोग गरिएका शब्दहरू पिता-पुत्रको सम्बन्धमा सबैभन्दा स्वभाविक शब्दहरू हुन् वा होइनन् भनी पक्‍का गर्नुहोस् ।
  • “छोरा” लाई यसले परमेश्‍वरको बारे बताइरहेको छ भनी देखाउने कुनै उपाय छ ? (” छोरा” शब्दलाई क्यापिटलमा लेखेर यसल परमेश्‍वरको बारे बताइरहेको छ भनी देखाउन सहायता गर्नेछ । )

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने )

(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, पुर्खा, पिता, पितापुर्खा, परमेश्‍वर, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, परमप्रभुका आत्मा, पुत्र, को पुत्रहरू परमेश्‍वरका पुत्रहरू)

बाइबलका खण्डहरूः

  • १ यूहन्‍ना ०४:९-१०
  • प्रेरित ०९:२०-२२
  • कलस्सी ०१:१५-१७
  • गलाती ०२:२०-२१
  • हिब्रू ०४:१४-१६
  • यूहन्‍ना ०३:१६-१८
  • लूका १०:२२
  • मत्ती ११:२५-२७
  • प्रकाश ०२:१८-१९
  • रोमी ०८:२८-३०

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२२-०५) स्वर्गदूतले बताए, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले बलक पवित्र अर्थात् परमेश्‍वरका पुत्र हुनेछ ।”
  • (२४-०९) परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभयो, “पवित्र आत्मा तिमीले बप्‍तिस्मा दिने कोहीमाथि आउनुहुनेछ र बस्‍नुहुनेछ । त्यही व्यक्‍ति नै परमेश्‍वरका पुत्र हो ।”
  • (३१-०८) चेलाहरू चकित भए । तिनीहरूले यसो भन्दै उहाँको आराधना गरे, “तपाईं साच्‍ची नै परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
  • (३७-०५) मार्थाले जवाफ दिईन्, “हो, मालिक, म विश्‍वास गर्छु, तपाईं मसीह अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
  • (४२-०६) यसकारण, जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।”
  • (४६-०६) शाऊलले तुरून्तै दमस्कसमा भएका यहूदीहरूलाई यसो भन्दै प्रचार गर्न थाले, “येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
  • (४९-०९) तर परमेश्‍वरले संसारमा भएका हरेकलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँल उहाको एक मात्र पुत्रलाई दिनुभयो ताकि येशूमा विश्‍वास गर्ने उसको पापको निम्ति दण्ड दिइनेछैन, तर परमेश्‍वरसँग सदाको निम्ति बस्‍नेछ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0426, H0430, H1121, H1247, G23160, G52070
  • Strongs: H0426, H0430, H1121, H1247, G23160, G52070