ne_tw/bible/kt/spirit.md

6.9 KiB

आत्मा, आत्मिक

परिभाषा:

“आत्मा” ले देख्‍न नसकिने मानिसको अभौतिक भागलाई जनाउँछ । मानिस मर्दा उसको आत्माले उसको शरीर छोड्छ । बाइबलीय समयमा, व्‍यक्‍तिको आत्‍माको अवधारणासँग नजिकको सम्‍बन्‍ध थियो। यो शब्‍दले हावालाई पनि जनाउन सक्‍छ, त्‍यो हो, प्राकृतिक संसारमा हावाको वेग।

  • “आत्मा” ले शरीर नभएको जीव विशेष गरी दुष्‍ट आत्मालाई जनाउन सक्छ ।

  • सामान्यतयाः “आत्मिक” शब्दले अभौतिक समसारका कुनै पनि कुराको वर्णन गर्छ ।

  • “का आत्मा” ले “को स्वभाव भएको” भन्‍ने अर्थ हुनसक्छ जस्तै “बुद्धिको आत्मा” वा "एलियाको आत्मामा" । कहिलेकाहिँ बाइबलले मनोवृत्ति वा भावनात्‍मक अवस्‍थाको सन्‍दर्भमा प्रयोग गरेको छ, जस्‍तै "डरको आत्मा" र "इर्ष्याको आत्‍मा"।

  • येशूले भन्‍नुभयो कि परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “आत्मा” लाई अनुवाद गर्ने तरिकाहरूमा “अभौतिक प्राणी” वा “भित्री भाग” वा “भित्री मनुष्यत्व” पर्न सक्छन् ।
  • कुनै सन्दर्भहरूमा “आत्मा” लाई “दुष्‍ट आत्मा” वा “दुष्‍ट आत्मिक प्राणी” भनी अनुवाद गर्न सकिन्छ ।
  • कहले काहीँ “मेरो आत्मा मेरो भित्री अन्तस्करणमा शोकित भयो” मा जास्तै एक व्‍यक्‍तिको भावना व्यक्‍त गर्न प्रयोग गरिन्छ । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “मैले मेरो आत्मामा शोकित महसुस गरेँ” वा “मैले गहन रूपमा शोकित महसुस गरेँ ।”
  • “को आत्मा” लाई “को स्वभाव” वा “को प्रभाव” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार, “आत्मिक” लाई “अभौतिक” वा “पवित्र आत्माबाटको” वा “परमेश्‍वरको” वा “अभौतिक संसारको हिस्सा” भन अनुवाद गर्न सकिन्छ ।
  • आलङकारिक अभिव्यक्‍ति “आत्मिक दूध” लाई “परमेश्‍वरबाटको आधारभूत शिक्षा” वा “आत्मालाई (दूधलेझैँ गर्ने) पोषण दिने परमेश्‍वरको शिक्षाहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “आत्मिक परिपक्‍वता” लाई “पवित्र आत्माप्रति आज्ञाकारी देखाउने धर्मिक व्यवहार” भनी अनुवाद गर्न सकिन्छ ।
  • “आत्मिक वरदान” लाई “पवित्र आत्माले दिने विशेष खबी” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः स्वर्गदूत, प्रधा स्वर्गदूत, भूत, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, पवित्र आत्मा, परमेश्‍वरको आत्मा, परमप्रभुको आत्मा, प्राण)

बाइबल खण्डहरूः

  • १ कोरिन्थी ०५:३-५
  • १ यूहन्‍ना ०४:१-३
  • १ थेसलोनिकी ०५:२३-२४
  • प्रेरित ०५:९-११
  • कलस्सी ०१:९-१०
  • एफिसी ०४:२३-२४
  • उत्पत्ति ०७:२१-२२
  • यशैया ०४:३-६
  • मत्ती २६:३९-४१
  • मर्कूस ०१:२३-२६
  • फिलिप्‍पी ०१:२५-२७

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१३-०३) मानिसहरूले आफैलाई आत्मिकरूपमा तयार पारेपछि, परमेश्‍वर सिनै पर्वतको टाकुरामा गर्जन, बिजुलीको चमक, धुवाँ र तुरहीको ठुलो आवाजमा ओर्लि आउनुभयो ।
  • (४०-०७) येशूले उच्‍च सोरमा भन्‍नुभयो, “सिद्धियो, पिता, म मेरो आत्मा तपाईंको हातमा दिन्छु ।” तब उहाँले उहाँको शिर निहुर्‍याउनुभयो र उहाँको आत्मा त्याग्‍नुभयो ।
  • (४५-०५) स्तिफनस मर्दैगर्दा, तिनह चिच्‍याए, “येशू, मेरो आत्मा लिनुहोस् ।”
  • (४८-०७) तिनीद्वारा नै सबै मानिस समूहहरू आशिषित हुन्छन्, किनभने येशूमा विश्‍वास गर्ने हरेक त्यसको पापबाट बाचइन्छ, र अब्राहमका आत्मिक सन्तान बन्छ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0178, H1172, H5397, H7307, H7308, G41510, G41520, G41530, G53260, G54270