ne_tw/bible/kt/angel.md

8.3 KiB

स्वर्गदूत, प्रधान स्वर्गदूत

परिभाषा:

स्वर्गदूत परमेश्‍वरद्वारा सृजित एक शक्‍तिशाली आत्मिक प्राणी हो । परमेश्‍वरले स्वर्गदूतहरूलाई गर्नू भनेका कुराहरू गरी तिनीहरू परमेश्‍वरको सेवा गर्न अस्तित्वमा छन् । पदावली “प्रधान स्वर्गदूत” ले अन्य सबै स्वर्गदूतहरूमाथि शासन गर्ने वा तिनीहरूलाई अगुवाइ गर्ने स्वर्गदूतलाई जनाउँछ ।

  • “स्वर्गदूत” को शाब्दिक अर्थ हुन्छः “सन्देशवाहक ।”
  • पदावली “प्रधान स्वर्गदूत” को शाब्दिक अर्थ हुन्छः “मुख्य सन्देशवाहक ।” बाइबलमा मिखाएललाई मात्र “प्रधान स्वर्गदूत” भनिएको छ ।
  • बाइबलमा स्वर्गदूतहरूले परमेश्‍वरबाट पाएका सन्देशहरू मानिसहरूलाई बताउने गर्थे । यी सन्देशहरूमा मानिसहरूले पालन गर्नुपर्ने परमेश्‍वरका इच्छाहरू पर्थे ।
  • भविष्यमा हुने वा पहिले नै भइसकेका घटनाहरूको विषयमा पनि स्वर्गदूतहरूले मानिसहरूलाई बताउने गर्थे ।
  • परमेश्‍वरका प्रतिनिधिहरूको रूपमा स्वर्गदूतहरूसित परमेश्‍वरको अधिकार हुन्थ्यो र बाइबलमा कहिले काहीँ तिनीहरू परमेश्‍वर बोल्नुभए जस्तै गरी बोल्थे ।
  • मानिसहरूलाई सुरक्षा दिएर वा तिनीहरूलाई मजबुत बनाएर पनि स्वर्गदूतहरूले परमेश्‍वरको सेवा गर्छन् ।
  • “यहोवेका स्वर्गदूत” भन्‍ने विशेष पदावलीको एकभन्दा बेसी अर्थहरू छन्ः (१) यसको अर्थ हुन सक्छ‒ “यहोवेको प्रतिनिधित्व गर्ने स्वर्गदूत” वा “यहोवेको सेवा गर्ने सन्देशवाहक ।” (२) यसले यहोवे आफैलाई पनि जनाउन सक्छ, जो मानिसहरूसित बोल्नुहुँदा स्वर्गदूतजस्तै देखिनुहुन्थ्यो । यी दुईमध्ये कुनै पनि अर्थले “म” भन्‍ने स्वर्गदूतको प्रयोगको बयान गर्छ जसमा स्वर्गदूत यहोवे नै हुनुभएझैँ गरी बोल्नुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “स्वर्गदूत” लाई “परमेश्‍वरका सन्देशवाहक” वा “परमेश्‍वरका स्वर्गीय सेवक” वा “परमेश्‍वरका आत्मिक सेवक” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “प्रधान स्वर्गदूत” लाई “मुख्य स्वर्गदूत” वा “शासन गर्ने मुख्य स्वर्गदूत” वा “स्वर्गदूतहरूका अगुवा” भनी अनुवाद गर्न सकिन्छ ।
  • यी शब्दहरूलाई राष्‍ट्रिय भाषा वा अर्को स्थानीय भाषामा कसरी अनुवाद गरिन्छ भनेर पनि विचार गर्नुहोस् ।
  • पदावली “यहोवेका स्वर्गदूत” लाई “स्वर्गदूत” र “यहोवे” शब्दहरूको प्रयोग गरी अनुवाद गरिनुपर्छ । यसले यस पदावलीको विभिन्‍न अर्थ खोलाइहरूलाई अनुमति दिन्छ । “यहोवेबाट आएका स्वर्गदूत” वा “यहोवेद्वारा पठाइएका स्वर्गदूत” वा “स्वर्गदूतझैँ देखिनुहुने यहोवे” केही सम्भाव्य अनुवादहरू हुन् ।

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मुख्य, प्रमुख, सन्देशवाहक, मिखाएल, शासक, शासकहरू, सेवक, दास, दासत्व)

बाइबलका सन्दर्भहरूः

  • २ शमूएल २४:१५-१६
  • प्रेरित १०:३-६
  • प्रेरित १२:२२-२३
  • कलस्सी ०२:१८-१९
  • उत्पत्ति ४८:१४-१६
  • लूका ०२:१३-१४
  • मत्ती १३:४९-५०
  • मर्कूस ०८:३८
  • प्रकाश ०१:१९-२०
  • जकरिया ०१:७-९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०२-१२) जीवनको रुखको फलबाट कसैले नखाओस् भन्‍नाका लागि बगैँचाको प्रवेशद्वारमा परमेश्‍वरले बडेमाका, शक्‍तिशाली स्वर्गदूतहरू राख्‍नुभयो ।
  • (२२-०३) स्वर्गदूतले जकरियालाई जवाफ दिए, “तिमीलाई यो शुभ खबर बताउन म परमेश्‍वरद्वारा पठाइएको हुँ ।”
  • (२३-०६) अकस्मात्, एक चम्किलो स्वर्गदूत तिनीहरू (गोठालाहरू) कहाँ देखा परे, र तिनीहरू भयभीत भए । ती स्वर्गदूतले भने, “नडराओ, किनकि तिमीहरूका लागि मसित शुभ खबर छ ।”
  • (२३-०७) अकस्मात्, परमेश्‍वरको प्रशंसा गर्दै आकाशहरू स्वर्गदूतहरूले भरिए । …
  • (२५-०८) त्यसपछि स्वर्गदूतहरू आए, र येशूको हेरचाह गरे ।
  • (३८-१२) येशू ज्यादै दुःखित हुनुभयो, र उहाँको पसिना रगतका थोपाजस्तै भयो । उहाँलाई मजबुत बनाउन परमेश्‍वरले स्वर्गदूत पठाउनुभयो ।
  • (३८-१५) “मेरो रक्षा गर्न म स्वर्गदूतहरूको सेनाको लागि पितासित बिन्ती गर्न सक्छु ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0047, H0430, H4397, H4398, H8136, G00320, G07430, G24650