ne_tw/bible/kt/disciple.md

5.9 KiB
Raw Permalink Blame History

चेला

परिभाषा:

“चेला” शब्दले शिक्षकको चरित्र र शिक्षाबाट सिक्दै एउटा शिक्षकसँग धेरै समय बिताउने व्‍यक्‍तिलाई जनाउँछ ।

  • येशूको शिक्षा सुन्दै र पालन गर्दै येशूलाई पछ्याउने मानिसहरूलाई “चेलाहरू” भनिन्थ्यो ।
  • बप्‍तिस्‍मा दिने यूहन्‍नाका पनि चेलाहरू थिए ।
  • येशूको सेवाकालमा उहाँलाई पच्छ्याउने र उहाँका शिक्षाहरू सुन्‍ने धेरै चेलाहरू थिए ।
  • येशूले बाह्र जना चेलालाई उहाँका एकदमै नजिकका अनुयायीहरू हुन छान्‍नुभयो; यिनीहरूलाई “प्रेरितहरू” भनेर चिनियो ।
  • येशूका बाह्र जना प्रेरितलाई उहाँका “चेलाहरू” वा “बाह्र जना” भनेर चिनियो ।
  • आफू स्वर्ग जानुभन्दा अगाडि येशूले आफ्ना चेलाहरूलाई येशूको चेला कसरी बन्‍ने भनी अरू मानिसहरूलाई सिकाउन आज्ञा दिनुभयो ।
  • येशूमाथि विश्‍वास गर्ने र उहाँका शिक्षाहरू पालन गर्नेलाई उहाँका चेलाहरू भनिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • "चेला" शब्‍दलाई "अनुयायी" वा "विद्यार्थी" वा "शिष्य" वा "सिक्‍ने" अर्थ दिने शब्द वा वाक्यांशद्वारा अनुवाद गर्न सकिन्छ ।
  • यो शब्‍दको अनुवादले कक्षाकोठामा सिक्‍ने विधार्थीलाई मात्र जनाउनु हुँदैन ।
  • यस शब्‍दको अनुवाद "प्रेरित" को अनुवाद भन्‍दा फरक पनि हुनुपर्छ ।

(यो पनि हेर्नुहोस्: प्रेरित, विश्‍वास गर्नु, येशू, (बप्‍तिस्मा दिने) यूहन्‍ना, बाह्र जना)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू

  • ३०ः८ उहाँले (येशू) मानिसहरूलाई दिनको लागि आफ्‍ना __चेलाहरू__लाई टुक्राहरू दिनुभयो । __चेलाहरू__ले खानेकुरा दिइरहे, र त्‍यो कहिल्‍यै सकिएन!
  • ३८ः१ येशूले पहिलो पटक सार्वजनिक रूपमा प्रचार गर्न र सिकाउन थाल्‍नुभएको लगभग तीन बर्षपछि, येशूले आफ्‍ना __चेलाहरू__लाई भन्‍नुभयो कि उहाँ यरूशलेममा तिनीहरूसँग यो निस्‍तार चाड मनाउन चाहनुहुन्‍थ्‍यो, र उहाँलाई त्‍यहाँ मारिनेछ।
  • ३८ः११ त्‍यसपछि येशू आफ्‍नो __चेलाहरू__सँग गेतसमनी भन्‍ने ठाउँमा जानुभयो । येशूले आफ्‍ना __चेलाहरू__लाई परिक्षा नपर्न प्रार्थना गर्नू भन्‍नुभयो।
  • ४२ः१० येशूले आफ्‍ना __चेलाहरू__लाई भन्‍नुभयो, "स्‍वर्ग र पृथ्‍वीमा सबै अधिकार मलाई दिइएको छ । त्‍यसैले जाओ, पिता, पुत्र र पवित्र आत्‍माको नाउँमा बप्‍तिस्‍मा दिएर, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न सिकाएर सबै मानिसहरूलाई चेला बनाओ ।"

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3928, G31000, G31010, G31020