ne_tw/bible/kt/jesus.md

9.5 KiB

येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू

परिभाषा:

येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ । “येशू” नामको अर्थ हुन्छ‒ “यहोवेले बचाउनुहुन्छ ।” “ख्रीष्‍ट” शब्द एउटा पद हो जसको अर्थ हुन्छ‒ “अभिषिक्‍त जन ।” यो मसीहको लागि अर्को शब्द हो ।

  • यी दुईवटा नाउँ अक्सर एक ठाउँमा “येशू ख्रीष्‍ट” वा “ख्रीष्‍ट येशू” भएर आउँछन् । यी नाउँहरूले जोड दिन्छन्, कि परमेश्‍वरका पुत्र मसीह हुनुहुन्छ जो मानिसहरूका पापका लागि तिनीहरूलाई अनन्त दण्डबाट बचाउन आउनुभयो ।
  • पवित्र आत्माले परमेश्‍वरका अनन्त पुत्रलाई मानवीय प्राणीको रूपमा आश्‍चर्यपूर्ण ढङ्गमा जन्मन लगाउनुभयो । उहाँको नाउँ “येशू” राख्‍नू भनी स्वर्गदूतले उहाँका पार्थिव बुबा आमालाई बताए, किनकि मानिसहरूका पापबाट बचाउन उहाँलाई नियुक्‍त गरिएको थियो ।
  • येशूले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो जसले उहाँ परमेश्‍वर हुनुहुन्थ्यो अर्थात् ख्रीष्‍ट (मसीह) हुनुहुन्थ्यो भनी प्रकट गर्‍यो ।

अनुवादका लागि सुझावहरूः

  • धेरै भाषाहरूले “येशू” र “ख्रीष्‍ट” शब्दहरूलाई सम्भव भएसम्म मौलिक भाषाको हिज्जे वा ध्वनिसित समीप हुने गरी राख्छन् । उदाहरणको लागि, “येशूख्रीष्‍टो,” “जिसस ख्रीष्‍टस,” “येशूस क्रिष्‍टस” र “हेशूख्रीष्‍टो” आदि । विभिन्‍न भाषाहरूमा अनूदित यी केही तरिकाहरू हुन् ।
  • “ख्रीष्‍ट” शब्दको लागि केही भाषाहरूले “मसीह” को रूपलाई प्रयोग गर्न मन पराउँछन् ।
  • राष्‍ट्रिय वा नजिकैको स्थानीय भाषामा यी नाउँहरूलाई कसरी अनुवाद गरिएको छ भनेर पनि ख्याल गर्नुहोस् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, परमेश्‍वर, परमेश्‍वर पिता, स्वर्गीय पिता, प्रधान पूजाहारी, परमेश्‍वरको राज्य, स्वर्गको राज्य, मरियम, मुक्‍तिदाता, परमेश्‍वरका पुत्र, पुत्र येशू)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०६:९-११
  • १ यूहन्‍ना ०२:१-३
  • १ यूहन्‍ना ०४:१५-१६
  • १ तिमोथी ०१:१-२
  • २ पत्रुस ०१:१-२
  • २ थेसलोनिकी ०२:१३-१५
  • २ तिमोथी ०१:८-११
  • प्रेरित ०२:२२-२४
  • प्रेरित ०५:२९-३२
  • प्रेरित १०:३६-३८
  • हिब्रू ०९:१३-१५
  • हिब्रू १०:१९-२२
  • लूका २४:१९-२०
  • मत्ती ०१:२०-२१
  • मत्ती ०४:१-४
  • फिलिप्पी ०२:५-८
  • फिलिप्पी ०२:९-११
  • फिलिप्पी ०४:२१-२३
  • प्रकाश ०१:४-६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२२-०४) स्वर्गदूतले भने, “तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरो जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नू र उहाँ मसीह हुनुहुनेछ ।”
  • (२३-०२) “उहाँको नाउँ येशू (जसको अर्थ हुन्छः ‘यहोवेले बचाउनुहुन्छ’) राख्‍नू, किनकि उहाँले मानिसहरूका पापबाट तिनीहरूलाई बचाउनुहुनेछ ।”
  • (२४-०७) त्यसैले, यूहन्‍नाले उहाँ (येशू) लाई बप्‍तिस्मा दिए, यद्यपि येशूले कहिल्यै पाप गर्नुभएको थिएन ।
  • (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिँदा, तिनले पिता परमेश्‍वर बोल्नुभएको सुने, र पुत्र येशू अनि पवित्र आत्मालाई देखे ।
  • (२५-०८) येशू शैतानका परीक्षाहरूमा फस्‍नुभएन । त्यसैले, शैतानले उहाँलाई छोडेर गयो ।
  • (२६-०८) तब येशू गालीलको इलाकाभरि जानुभयो, र ठुला-ठुला भिडहरू उहाँकहाँ आए । तिनीहरूले धेरै मानिसहरू ल्याए, जो बिरामी थिए वा अशक्‍त थिए । त्यहाँ देख्‍न नसक्‍ने, हिँड्न नसक्‍ने, सुन्‍न नसक्‍ने वा बोल्न नसक्‍ने मानिसहरू ल्याइएका थिए र येशूले ती सबैलाई निको पार्नुभयो ।
  • (३१-०३) तब येशूले प्रार्थना गरेर सक्‍नुभयो अनि चेलाहरूकहाँ जानुभयो । उहाँ तलाउको पानीमाथि हिँडेर तिनीहरूको डुङ्गातर्फ आउनुभयो ।
  • (३८-०२) यहूदी अगुवाहरूले येशू नै मसीह हुनुहुन्थ्यो भनी इन्कार गर्थे र तिनीहरूले उहाँलाई मार्ने षड्यन्‍त्र बुन्दै थिए भनी त्यस (यहूदा) लाई थाहा थियो ।
  • (४०-०८) आफ्नो मृत्युद्वारा येशूले मानिसहरूका निम्ति परमेश्‍वरकहाँ आउने ढोका खोलिदिनुभयो ।
  • (४२-११) त्यसपछि येशू स्वर्ग लगिनुभयो र बादलले उहाँलाई तिनीहरूका दृष्‍टिबाट छोप्यो । सबै कुराहरूमाथि शासन गर्न येशू पिताको दाहिने हातपट्टि बस्‍नुभयो ।
  • (५०-१७) येशू र उहाँका मानिसहरू नयाँ पृथ्वीमा बस्‍नेछन् । उहाँले अस्तित्वमा रहेको हरेक थोकमाथि सदासर्वदा शासन गर्नुहुनेछ । उहाँले हरेक आँसु पुछिदिनुहुनेछ र त्यहाँ कुनै दुःखकष्‍ट, शोक, चिच्याहट, दुष्‍ट्याइँ, दर्द वा मृत्यु हुनेछैन । येशूले आफ्नो राज्य शान्ति र न्यायले चलाउनुहुनेछ र उहाँ सदासर्वदाको लागि आफ्ना मानिसहरूसितै हुनुहुनेछ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G24240, G55470