ne_tw/bible/kt/jesus.md

60 lines
9.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू
## परिभाषा:
येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ । “येशू” नामको अर्थ हुन्छ‒ “यहोवेले बचाउनुहुन्छ ।” “ख्रीष्‍ट” शब्द एउटा पद हो जसको अर्थ हुन्छ‒ “अभिषिक्‍त जन ।” यो मसीहको लागि अर्को शब्द हो ।
* यी दुईवटा नाउँ अक्सर एक ठाउँमा “येशू ख्रीष्‍ट” वा “ख्रीष्‍ट येशू” भएर आउँछन् । यी नाउँहरूले जोड दिन्छन्, कि परमेश्‍वरका पुत्र मसीह हुनुहुन्छ जो मानिसहरूका पापका लागि तिनीहरूलाई अनन्त दण्डबाट बचाउन आउनुभयो ।
* पवित्र आत्माले परमेश्‍वरका अनन्त पुत्रलाई मानवीय प्राणीको रूपमा आश्‍चर्यपूर्ण ढङ्गमा जन्मन लगाउनुभयो । उहाँको नाउँ “येशू” राख्‍नू भनी स्वर्गदूतले उहाँका पार्थिव बुबा आमालाई बताए, किनकि मानिसहरूका पापबाट बचाउन उहाँलाई नियुक्‍त गरिएको थियो ।
* येशूले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो जसले उहाँ परमेश्‍वर हुनुहुन्थ्यो अर्थात् ख्रीष्‍ट (मसीह) हुनुहुन्थ्यो भनी प्रकट गर्‍यो ।
## अनुवादका लागि सुझावहरूः
* धेरै भाषाहरूले “येशू” र “ख्रीष्‍ट” शब्दहरूलाई सम्भव भएसम्म मौलिक भाषाको हिज्जे वा ध्वनिसित समीप हुने गरी राख्छन् । उदाहरणको लागि, “येशूख्रीष्‍टो,” “जिसस ख्रीष्‍टस,” “येशूस क्रिष्‍टस” र “हेशूख्रीष्‍टो” आदि । विभिन्‍न भाषाहरूमा अनूदित यी केही तरिकाहरू हुन् ।
* “ख्रीष्‍ट” शब्दको लागि केही भाषाहरूले “मसीह” को रूपलाई प्रयोग गर्न मन पराउँछन् ।
* राष्‍ट्रिय वा नजिकैको स्थानीय भाषामा यी नाउँहरूलाई कसरी अनुवाद गरिएको छ भनेर पनि ख्याल गर्नुहोस् ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, परमेश्‍वर, परमेश्‍वर पिता, स्वर्गीय पिता, प्रधान पूजाहारी, परमेश्‍वरको राज्य, स्वर्गको राज्य, मरियम, मुक्‍तिदाता, परमेश्‍वरका पुत्र, पुत्र येशू)
## बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी ०६:९-११
* १ यूहन्‍ना ०२:१-३
* १ यूहन्‍ना ०४:१५-१६
* १ तिमोथी ०१:१-२
* २ पत्रुस ०१:१-२
* २ थेसलोनिकी ०२:१३-१५
* २ तिमोथी ०१:८-११
* प्रेरित ०२:२२-२४
* प्रेरित ०५:२९-३२
* प्रेरित १०:३६-३८
* हिब्रू ०९:१३-१५
* हिब्रू १०:१९-२२
* लूका २४:१९-२०
* मत्ती ०१:२०-२१
* मत्ती ०४:१-४
* फिलिप्पी ०२:५-८
* फिलिप्पी ०२:९-११
* फिलिप्पी ०४:२१-२३
* प्रकाश ०१:४-६
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (२२-०४) स्वर्गदूतले भने, “तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरो जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नू र उहाँ मसीह हुनुहुनेछ ।”
* (२३-०२) “उहाँको नाउँ येशू (जसको अर्थ हुन्छः ‘यहोवेले बचाउनुहुन्छ’) राख्‍नू, किनकि उहाँले मानिसहरूका पापबाट तिनीहरूलाई बचाउनुहुनेछ ।”
* (२४-०७) त्यसैले, यूहन्‍नाले उहाँ (येशू) लाई बप्‍तिस्मा दिए, यद्यपि येशूले कहिल्यै पाप गर्नुभएको थिएन ।
* (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिँदा, तिनले पिता परमेश्‍वर बोल्नुभएको सुने, र पुत्र येशू अनि पवित्र आत्मालाई देखे ।
* (२५-०८) येशू शैतानका परीक्षाहरूमा फस्‍नुभएन । त्यसैले, शैतानले उहाँलाई छोडेर गयो ।
* (२६-०८) तब येशू गालीलको इलाकाभरि जानुभयो, र ठुला-ठुला भिडहरू उहाँकहाँ आए । तिनीहरूले धेरै मानिसहरू ल्याए, जो बिरामी थिए वा अशक्‍त थिए । त्यहाँ देख्‍न नसक्‍ने, हिँड्न नसक्‍ने, सुन्‍न नसक्‍ने वा बोल्न नसक्‍ने मानिसहरू ल्याइएका थिए र येशूले ती सबैलाई निको पार्नुभयो ।
* (३१-०३) तब येशूले प्रार्थना गरेर सक्‍नुभयो अनि चेलाहरूकहाँ जानुभयो । उहाँ तलाउको पानीमाथि हिँडेर तिनीहरूको डुङ्गातर्फ आउनुभयो ।
* (३८-०२) यहूदी अगुवाहरूले येशू नै मसीह हुनुहुन्थ्यो भनी इन्कार गर्थे र तिनीहरूले उहाँलाई मार्ने षड्यन्‍त्र बुन्दै थिए भनी त्यस (यहूदा) लाई थाहा थियो ।
* (४०-०८) आफ्नो मृत्युद्वारा येशूले मानिसहरूका निम्ति परमेश्‍वरकहाँ आउने ढोका खोलिदिनुभयो ।
* (४२-११) त्यसपछि येशू स्वर्ग लगिनुभयो र बादलले उहाँलाई तिनीहरूका दृष्‍टिबाट छोप्यो । सबै कुराहरूमाथि शासन गर्न येशू पिताको दाहिने हातपट्टि बस्‍नुभयो ।
* (५०-१७) येशू र उहाँका मानिसहरू नयाँ पृथ्वीमा बस्‍नेछन् । उहाँले अस्तित्वमा रहेको हरेक थोकमाथि सदासर्वदा शासन गर्नुहुनेछ । उहाँले हरेक आँसु पुछिदिनुहुनेछ र त्यहाँ कुनै दुःखकष्‍ट, शोक, चिच्याहट, दुष्‍ट्याइँ, दर्द वा मृत्यु हुनेछैन । येशूले आफ्नो राज्य शान्ति र न्यायले चलाउनुहुनेछ र उहाँ सदासर्वदाको लागि आफ्ना मानिसहरूसितै हुनुहुनेछ ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G24240, G55470