ne_tw/bible/kt/thetwelve.md

3.1 KiB
Raw Permalink Blame History

बाह्र जना, एघार जना

परिभाषा:

“बाह्र जना” ले आफ्नो सबैभन्दा नजिकका चेलाहरू वा प्रेरितहरू हुनलाई येशूले छान्‍नुभएका बाह्र जना मानिसलाई जनाउँछ । यहूदाले आत्महत्या गरेपछि तिनीहरूलाई “एघार जना” भनियो ।

  • येशूका अरू धेरै चेलाहरू थिए, तर "बाह्र जना"ले येशूका सबैभन्दा बढी नजिक रहेकाहरूलाई छुट्टायो ।
  • यी बाह्र जनाका नामहरूको सूची मत्ती १०, मर्कूस ३ र लूका ६ अध्यायमा दिइएको छ ।
  • येशू स्वर्ग फर्कनुभएको केही समयपश्‍चात् “एघार जना"ले यहूदाको ठाउँमा मतियास नाउँ गरेका चेलालाई छाने । त्यसपछि तिनीहरूलाई फेरि “बाह्र जना” भनियो ।

अनुवादका लागि सुझावहरूः

  • धेरै भाषाहरूमा यसलाई “बाह्र प्रेरितहरू” वा “येशूका सबैभन्दा नजिकका बाह्र जना चेलाहरू” भन्‍नु अझ बढी प्रस्ट र स्वाभाविक हुन सक्छ ।
  • “एघार जना”लाई पनि “येशूका बाँकी एघार जना चेलाहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा यसको सुरुको वर्णलाई ठुलो वर्णमा लेखेर यो उपाधि हो भनी देखाउन सकिन्छ । (नोटः नेपालीमा भने यसो गर्न सम्भव छैन, किनकि नेपालीमा अंग्रेजीमा जस्तो ठुलो र सानो वर्णहरू छैनन् ।)

(यो पनि हेर्नुहोस्: प्रेरित, चेला)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G14270, G17330