ne_tw/bible/kt/apostle.md

4.9 KiB

प्रेरित, प्रेरितको काम

परिभाषा:

“प्रेरितहरू” परमेश्‍वर र उहाँको राज्यबारे प्रचार गर्न येशूद्वारा पठाइएका मानिसहरू थिए । पदावली “प्रेरितको काम” ले प्रेरितहरूको रूपमा चुनिएका मानिसहरूको पद र अधिकारलाई जनाउँछ ।

  • “प्रेरित” शब्दको अर्थ हुन्छ‒ “विशेष उद्देश्यको लागि पठाइने व्यक्‍ति ।” प्रेरितसित उसलाई पठाउने व्यक्‍तिसित भएकै अधिकार हुन्छ ।
  • येशूका सबैभन्दा नजिकका बार्‍ह जना चेला प्रथम प्रेरितहरू बने । पावल र याकूबजस्ता अन्य मानिसहरू पनि चेलाहरू बने ।
  • परमेश्‍वरको शक्‍तिद्वारा मानिसहरूबाट भूतात्माहरू निकाल्नुका अतिरिक्‍त प्रेरितहरूले साहसपूर्वक सुसमाचार प्रचार गर्न सके र मानिसहरूलाई निको पार्न सके ।

अनुवादका लागि सुझावहरूः

  • “पठाइने व्यक्‍ति” वा “पठाइएको जन” वा “मानिसहरूलाई परमेश्‍वरको सन्देश प्रचार गर्न बोलाइएको व्यक्‍ति” भन्‍नेजस्ता पदावलीहरूबाट पनि “प्रेरित” शब्दलाई अनुवाद गर्न सकिन्छ ।
  • “प्रेरित” र “चेला” शब्दलाई एक अर्काबाट फरक तरिकाले अनुवाद गर्नु महत्त्वपूर्ण हुन्छ ।
  • स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरियो भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अधिकार, चेला, याकूब (जब्दियाका छोरा), पावल, शाऊल, बार्‍ह, एघार)

बाइबलका सन्दर्भहरूः

  • यहूदा ०१:१७-१९
  • लूका ०९:१२-१४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२६-१०) तब येशूले बार्‍ह जना मानिस छान्‍नुभयो, जसलाई प्रेरितहरू भनियो । प्रेरितहरूले उहाँसँगै यात्रा गर्थे र उहाँबाट सिक्थे ।
  • (३०-०१) धेरै विभिन्‍न गाउँहरूमा मानिसहरूलाई प्रचार गर्न र सिकाउन येशूले आफ्ना प्रेरितहरूलाई पठाउनुभयो ।
  • (३८-०२) यहूदा येशूका बार्‍ह प्रेरितमध्ये एक थियो । त्यसले प्रेरितहरूको रुपियाँ-पैसाको थैलीको रेखदेख गर्थ्यो । तर त्यसले रुपियाँ-पैसाको लोभ गर्थ्यो र अक्सर त्यस थैलीबाट चोर्थ्यो ।
  • (४३-१३) चेलाहरूले आफैलाई प्रेरितहरूका शिक्षा, सङ्गति, सहभोज र प्रार्थनामा समर्पित गरे ।
  • (४६-०८) त्यसपछि बारनाबास नाउँ गरेका मानिसले शाऊललाई प्रेरितहरूकहाँ लगे, र शाऊलले दमस्कसमा कसरी साहसपूर्वक प्रचार गरे भनी तिनीहरूलाई बताए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G06510, G06520, G24910, G53760, G55700