ne_tw/bible/names/johnthebaptist.md

5.1 KiB
Raw Permalink Blame History

यूहन्‍ना (बप्‍तिस्मा-दिने)

तथ्यहरूः

यूहन्‍ना जकरिया र एलीशिबाका छोरा थिए । “यूहन्‍ना” एउटा प्रचलित नाउँ भएकोले प्रेरित यूहन्‍नाजस्ता अन्य यूहन्‍ना नाउँ गरेका मानिसहरूबाट छुट्टयाउन तिनलाई अक्सर “बप्‍तिस्मा दिने यूहन्‍ना” भनिएको छ ।

  • यूहन्‍ना अगमवक्‍ता थिए जसलाई मसीहमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन मानिसहरूलाई तयार पार्न परमेश्‍वरले पठाउनुभयो ।
  • आ-आफ्ना पाप स्वीकार गरी परमेश्‍वरकहाँ फर्कन र पाप गर्न छाड्न यूहन्‍नाले मानिसहरूलाई आव्हान गरे, ताकि उनीहरू मसीहलाई ग्रहण गर्न तयार होऊन् ।
  • मानिसहरू आ-आफ्ना पापका निम्ति दुःखित थिए र तिनीहरू पापबाट फर्केका थिए भन्‍ने चिन्हस्वरूप यूहन्‍नाले धेरै मानिसहरूलाई पानीमा बप्‍तिस्मा दिए ।
  • यूहन्‍नाले धेरै मानिसहरूलाई बप्‍तिस्मा दिएकाले तिनलाई “बप्‍तिस्मा-दिने यूहन्‍ना” भनियो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बप्‍तिस्मा दिनु, जकरिया (न.का))

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २२ः२ स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्‍नीले एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ । तिनी पवित्र आत्माले भरिनेछन्, र तिनले मसीहको निम्ति बाटो तयार पार्नेछन् ।”
  • २२ः७ एलीशिबाले छोरो जन्माएपछि स्वर्गदूतको आज्ञाअनुसार जकरिया र एलीशिबाले बच्‍चाको नाउँ यूहन्‍ना राखे ।
  • २४ः१ जकरिया र एलीशिबाका छोरा यूहन्‍ना हुर्के र अगमवक्‍ता बने । तिनी उजाड-स्थानमा बस्थे; तिनले जङ्गली मह र सलहहरू खान्थे अनि ऊँटको रौँबाट बनेका वस्‍त्रहरू लगाउँथे ।
  • २४ः२ धेरै मानिसहरू __यूहन्ना__को कुरा सुन्‍न उजाड-स्थानमा आए । तिनले यसो भन्दै उनीहरूलाई प्रचार गरे, “पश्‍चात्ताप गर, किनभने परमेश्‍वरको राज्य नजिकै छ ।”
  • २४ः६ अर्को दिन येशू __यूहन्ना__द्वारा बप्‍तिस्मा लिन आउनुभयो । __यूहन्ना__ले उहाँलाई देखेपछि तिनले भने, “हेर ! संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा ।”

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G09100 G24910