ne_tw/bible/kt/dayofthelord.md

3.5 KiB
Raw Permalink Blame History

प्रभुको दिन, परमप्रभुको दिन

विवरण:

पुरानो करारको शब्दावली "परमप्रभुको दिन”लाई परमेश्‍वरले मानिसहरूलाई उनीहरूका पापको निम्ति दण्ड दिनुहुने विशेष समयलाई जनाउछ प्रयोग गरिन्छ ।

  • नयाँ करारमा “प्रभुको दिन” ले सामान्तयाः प्रभु येशू अन्तको समयमा मानिसहरूको न्याय गर्नलाई फेरि आउनुहुने दिन वा समयलाई जनाउँछ ।
  • न्याय र पुनरुत्थानको यो अन्तिम, भाविष्यको समयलाई कहिलेकाहीँ "अन्तिम दिन"को रूपमा पनि उल्लेख गरिन्छ । प्रभु येशू पापीहरूलाई दण्ड दिन र उहाँको राज्यलाई स्थायी रूपमा स्थापित गर्न आउनुहुँदा यो समय सुरुवात हुने छ ।
  • यो "दिन" शब्दले शाब्दिक दिनलाई नै वा एक दिनभन्दा लामो "समय" वा "मौका"लाई जनाउँछ ।
  • कहिलेकाहीँ दण्डले विश्‍वास नगर्नेहरूमाथि "परमेश्‍वरको क्रोध खन्याउने" कार्यलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भअनुसार, "परमप्रभुको दिन" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "परमप्रभुको समय" वा "परमप्रभुले आफ्‍ना शत्रुहरूलाई दण्‍ड दिनुहुने समय" वा "परमप्रभुको क्रोधको समय" पर्न सक्‍छ ।
  • "प्रभुको दिन" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "प्रभुको न्‍यायको समय" वा "प्रभु येशू मानिसहरूको न्‍याय गर्न फर्कनुहुने समय" पर्न सक्‍छ ।

(यो पनि हेर्नुहोस्: दिन, न्यायको दिन, प्रभु, पुनरुत्थान, परमप्रभु)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3068, H3117, G22500, G29620