ne_tw/bible/kt/resurrection.md

3.1 KiB

पुनरुत्थान

परिभाषा:

“पुनरुत्थान” ले मरेपछि फेरि जीवित हुने कार्यलाई जनाउछ ।

  • कुनै व्यक्‍ति पुनरुत्थान हुनु भनेको त्यो व्यक्‍ति फेरि जीवनमा आउनु हो । यो काम गर्ने शक्‍ति परमेश्‍वरसँग मात्र छ ।
  • “पुनरुत्थान” ले प्रायः येशू ख्रीष्‍ट उहाँको मृत्युपछि फेरि जीवित हुनुभएको कुरालाई जनाउछ ।
  • जब येशूले भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ” उहाँको आशय उहाँ नै पुनरुत्थानको श्रोत हुनुहुन्छ, र उहाँले नै मानिसहरूलाई फेरि जीवनतिर फर्कन लगाउनु हुन्छ भन्‍ने हो ।

अनुवादका निम्ति सुझावहरूः

  • “पुनरुत्थान” लाई “फेरि जीवनतिर फर्कनु” वा “मरेपछि फेरी जीवित हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यसको शाब्दिक अर्थ “बौरी उठ्नु” वा “(मृत्युबाट) उठाइनु” भन्‍ने हुन्छ ।

(हेर्नुहोस्ः जीवन, जिउनु, जिउँदो, जीवित, मृत्यु, मृत, उठाउनु, उठ्नु, उठेको)

बाइबलका खण्डहरूः

  • १ कोरिन्थी १५:१२-१४
  • १पत्रुस ०३:२१-२२
  • प्रेरित ०२:२९-३१
  • हिब्रू ११:३५-३८
  • यूहन्‍ना ०५:२८-२९
  • लूका २०:२७-२८
  • लूका २०:३४-३६
  • मत्ती २२:२३-२४
  • मत्ती २२:२९-३०
  • फिलिप्‍पी ०३:८-११

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२१-१४) मसीहको मृत्यु र पुनरुत्थानद्वारा परमेश्‍वरले पापीहरूलाई बचाउने उहाँको योजना पुरा गर्नुहुनेछ र नयाँ करार सुरु गर्नुहुनेछ ।
  • (३७-०५) येशूले जवाफ दिनुभयो, “म पुनरुत्थान र जीवन हुँ । ममा विश्‍वास गर्ने मरे तापनि जिउनेछ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G03860, G14540, G18150