ne_tw/bible/kt/yahweh.md

7.8 KiB

यहोवा

परिभाषा:

“यहोवा” शब्द पुरानो करारमा परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ हो। यस नामको विशिष्ट उत्पत्ति अज्ञात छ, तर यो सम्भवतः हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो जसको अर्थ हो, ''हुनु।''

  • परम्‍परालाई पछ्‍याउँदै, धेरै बाइबल संस्‍करणहरूले "यहोवा" लाई प्रतिनिधित्‍व गर्न "यहोवा" वा "परमप्रभु" शब्‍द प्रयोग गर्दछ। यो परम्‍परा यस तथ्‍यको परिणाम हो कि ऐतिहासिक रूपमा, यहूदीहरू यहोवाको नाम गलत उच्‍चारण गर्न डराए र पाठमा "यहोवा" शब्‍द देखा पर्दा प्रत्‍येक पटक "परमप्रभु" भन्‍न थाले। आधुनिक बाइबलहरूले परमेश्‍वरको व्‍यक्‍तिगत नामलाई आदर देखाउन र फरक हिब्रू शब्‍द "प्रभु" बाट छुट्‍याउनको लागि सबै ठूलो अक्षरहरूमा "परमप्रभु" लेख्‍न थाले।
  • पुरानो करारको हिब्रू पाठसँग सहमतीमा ULT र UST पाठहरूले सधैँ यो शब्‍दलाई "यहोवा" को रूपमा अनुवाद गर्दछ।
  • नयाँ करारको मूल पाठमा "यहोवा" शब्‍द कहिल्‍यै आएन; पुरानो करारलाई उद्धृत गर्दा पनि, ग्रीक भाषामा ग्रिक शब्‍द "प्रभु" मात्र प्रयोग गरियो।
  • पुरानो करारमा, जब परमेश्‍वरले आफ्‍नो बारेमा बोल्‍नुभयो, उहाँले प्रायः सर्वनामको सट्टा आफ्‍नो नाम प्रयोग गर्नुभयो।

अनुवादका निम्ति सुझावहरूः

  • यहोवेलाई “म हुँ” वा “एक जीवित” वा “एक जना जो हुनुहुन्छ” वा “उहाँ जो जीवित हुँनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दलाई “यहोवे” को उच्‍चारण गरिएअनुसार नै लेख्‍न पनि सकिन्छ ।
  • केही मण्‍डली सम्‍प्रदायहरूले "यहोवे" शब्‍द प्रयोग नगर्न रूचाउँछन् र यसको सट्टा परम्प‍रागत रूपमा चलिआएको नाम "परमप्रभु" प्रयोग गर्छन्। एउटा महत्‍वपूर्ण यो हो कि ठूलो स्‍वरले पढ्दा यो भ्रमीत हुनसक्‍छ किनभने यो शीर्षक "प्रभु" जस्‍तै सुनिन्‍छ। कुनै कुनै भाषाहरूमा "परमप्रभु" नाम (यहोवे) लाई "परमप्रभु" शीर्षकको रूपमा छुट्याउनको लागि जोड्न सकिने वा अन्‍य व्‍याकरणीय चिन्‍ह हुन सक्‍छ।
  • सम्‍भव भएमा यो नाम यहोवालाई राख्‍नु राम्रो हुन्‍छ जहाँ यो शाब्‍दिक रूपमा पाठमा लेखिन्‍छ, तर केही अनुवादहरूले पाठलाई थप प्राकृतिक र स्‍पष्‍ट बनाउन केही ठाउँमा सर्वनाम मात्र प्रयोग गर्ने निर्णय गर्न सक्‍छन्।
  • उद्धरणको परिचय दिदैँ जस्‍तै, "यहोवाले यसो भन्‍नुहुन्‍छ।"

(अनुवादका नम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः परमेश्‍वर, प्रभु)

बाइबलका खण्डहरूः

  • १ राजा २१ः २०
  • १ शामूएल १६ः७
  • दानिएल ९:३
  • इजकिएल १७:२४
  • उत्पत्ति २:४
  • उत्पत्ति ४:३-५
  • उत्पत्ति २८:१३
  • होशे ११ः १२
  • यशैया १०:४
  • यशैया ३८ः८
  • अय्‍यूब १२:१०
  • यहोशू १:९
  • विलाप १:५
  • लेवी २५:३५
  • मलाकी ३:४
  • मीका २:५
  • मीका ६:५
  • गन्ती ८ः ११
  • भजनसंग्रह १२४ः३
  • रूथ १:२१
  • जकरिया १४:५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (९-१४) परमेश्‍वरले भन्‍नुभयो, “म हुँ जो म हुँ ।” तिनीहरूलाई भन्‍नू, “‘म हुँ’ भन्‍नुहुनेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो’ ।” तिनीहरूलाई भन, ‘म याह्वे हुँ, अर्थात तिमीहरूका पिता-पुर्खाहरू अब्राहम, इसहाक र याकूबका परमेश्‍वर । मेरो नाउँ सदा यही रहनेछ’ ।”
  • (१३-०४) त्यसपछि परमेश्‍वरले करार दिनुभयो र भन्‍नुभयो, “म तिमीहरूलाई मिश्रको दासत्वबाट बचाउने तिमीहरूका परमेश्‍वर याह्वेह हुँ । अरू देवताहरूको पूजा नगर ।”
  • (१३-०५) “मूर्तीहरु नबनाऊ र तिनीहरूलाई नपूज, किनभने म याह्वे डाही परमेश्‍वर हुँ ।”
  • (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर याह्वेहको सट्टा कनानी देवताहरूको पूजा गर्न सुरु गरे ।
  • (१९-१०) तब एलियाले प्रर्थना गरे, “अब्राहम, इसहाक र याकूबका परमेश्‍वर याह्वे तपाईं एस्राएलका परमेश्‍वर हुनुहन्छ र म तपाईंको सेवक हुँ भन्‍ने आज हामीलाई देखाउनुहोस् ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3050, H3068, H3069