ne_tw/bible/kt/lord.md

11 KiB

प्रभु, मालिक र गुरु

परिभाषा:

“प्रभु” भन्‍ने शब्दले अन्य मानिसहरूमाथि प्रभुत्व वा अख्तियार भएको व्‍यक्‍तिलाई पनि संकेत गर्छ । तथापि, बाइबलमा यो शब्‍द परमेश्‍वरलगायत विभिन्‍न प्रकारमा मानिसहरूलाई सम्‍बोधन गर्न प्रयोग गरिएको छ।

  • यो  शब्‍द कहिकेकाहिँ येशूलाई सम्‍बोधन गर्दा  वा दासहरूको मालिकलाई सम्‍बोधन गर्दा "मालिक"भनेर अनुवाद गरिएको छ।
  • केहि अङ्ग्रेजि संस्‍करणहरूले यसलाई "सर" को रूपमा अनुवाद गर्छन् जहाँ कसैले उच्‍च हैसियतको व्‍यक्‍तिलाई विनम्रतापूर्वक सम्‍बोधन गरिरहेको छ।

जब "प्रभु" लाई ठुलो अक्षर गरेर लेखिन्‍छ, यो एक शिर्षक हो जसले परमेश्‍वरलाई जनाउँछ। (ध्‍यान दिनुहोस्, यधपि, जब यो कसैलाई सम्‍बोधन गर्न प्रयोग गरिन्‍छ वा यो वाक्‍यको सुरुमा हुन्‍छ यो ठुलो अक्षरमा हुन सक्‍छ र "सर" वा "मालिक" को अर्थ हुन सक्‍छ।)

  • पुरानो नियममा, यो शब्‍द "परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान" वा "परमप्रभु यहोवा" वा "यहोवा हाम्रा प्रभु" जस्‍ता अभिव्‍यक्‍तिहरूमा अनुवाद गर्न सकिन्‍छ।
  • नयाँ नियममा, प्रेरितहरूले यो शब्‍दलाई "प्रभु येशू" र "प्रभु येशू ख्रिष्‍ट" जस्‍ता अभिव्‍यक्‍तिहरूमा प्रयोग गरे जसले येशू नै परमेश्‍वर हुनुहुन्‍छ भनि संचार गर्छ।
  • नयाँ नियममा "परमप्रभु" शब्‍दलाई पनि परमेश्‍वरको प्रत्‍यक्ष सन्‍दर्भको रूपमा प्रयोग गरिन्‍छ, विशेष गरी पुरानो नियमका उद्धरणहरूमा।  उदाहरणको लागि, पुरानो नियमको पाठमा "धन्‍य हो ऊँ जो परमप्रभुको नाममा आउँछ र नयाँ नियमको पाठमा "धन्‍य हो ऊँ जो प्रभुको नाममा आउँछ।"
  • ULT र UST मा, शिर्षक "प्रभु" को वास्‍तविक हिब्रू र ग्रिक शब्‍दहरू अनुवाद गर्न प्रयोग गरिन्‍छ जसको अर्थ "प्रभु" हो। यो कहिले पनि परमेश्‍वरको नाम (यहोवा) को अनुवादको रूपमा प्रयोग गरएको छैन, जस्‍तै धेरै अुनवादहरूमा गरिन्‍छ।
  • केहि भाषाहरूले "परमप्रभु" लाई "मालिक" वा "शासक" वा स्‍वामित्‍व वा सर्वोच्च शासनलाई संचार गर्ने कुनै अन्‍य शब्‍दको रूपमा अनुवाद गर्दछ।
  • उपयुक्‍त सन्‍दर्भमा, धेरै अनुवादहरूले यो शब्‍दको पहिलो अक्षरलाई ठुलो गरेर पाठकलाई स्‍पष्‍ट पार्छ कि यो ईश्‍वरलाई जनाउने शिर्षक हो।
  • नयाँ नियमका ठाउँहरूमा जहाँ पुरानो नियमबाट "परमप्रभु परमेश्‍वर" उद्धरण गरिएको छ, यो परमेश्‍वरलाई चिनाउन हो भनेर स्‍पष्‍ट पार्न यो शब्‍द प्रयोग गर्न सकिन्‍छ।

अनुवाद सुझावहरू

  • यो शब्दलाई “मालिक” भनि अनुवाद गर्नुपर्छ जब दासहरूका मालिकलाई सम्बोधन गरिन्छ । त्यसरी नै आफूले जुन मालिकको अधीनतामा रहेर काम गरेको हुन्छ उसलाई उक्त दासले सम्बोधन गर्नको लागि पनि यो शब्दको प्रयोग गर्न सक्छ ।
  • जब यो शब्दले येशूलाई संकेत गर्छ, यसलाई “मालिक” भनि अनुवाद गर्न सकिन्छ, तर प्रसंगले “धार्मिक शिक्षक” लाई देखाएको हुनुपर्छ ।
  • यदि येशूलाई सम्बोधन गर्ने व्‍यक्‍तिले उहाँलाई चिनेको छैन भने, “प्रभु” भन्‍ने शब्दलाई “गुरु” भनि अनुवाद गर्न सकिन्छ । अनि यो अनुवादलाई अन्य प्रसंगमा पनि प्रयोग गर्न सकिन्छ जब कसैलाई सम्बोधन गर्दा शिष्‍टतालाई अप्‍नाइन्छ ।
  • जब परमेश्‍वर पिता वा येशूलाई संकेत गर्नको लागि यो शब्दको प्रयोग गरिन्छ, तब “प्रभु” अर्थात् अंग्रेजीको हिज्जेमा पहिलो अक्षरलाई ठुलो लेखिन्छ ।

(हेर्नुहोस्ः परमेश्‍वर, येशू, शासक, यहोवा)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति ३९ः२
  • यहोशू ३ः९-११
  • भजनसंग्रह ८६ः१५-१७
  • यर्मिया २७ः४
  • विलाप २ः२
  • इजकिएल १८ः२९
  • दानिएल ९ः९
  • दानिएल ९ः१७-१९
  • मलाकि ३ः१
  • मत्ति ७ः२१-२३
  • लूका १ः३०-३३
  • लूका १६ः१३
  • रोमि ६ः२३
  • एफिसी ६ः९
  • फिलिप्पी २ः९-११
  • कलस्‍सी ३ः२३
  • हिब्रू १२ः१४
  • याकुब २ः१
  • १ पत्रुस १ः३
  • यहुदा १ः५
  • प्रकाश १५ः४

बाइबलीय घटनाहरूबाट उदाहरणहरूः

  • २५ः५ तर येशूले शैतानलाई धर्मशास्‍त्रको खण्डबाट उत्तर दिनुभयो । वहाँ भन्‍नु भयो, “परमेश्‍वरको वचनमा वहाँले यस्तो भनि आज्ञा दिनुभएको छ, ‘तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको परिक्षा नगर्नु । ‘”
  • २५ः७ येशूले जवाफ दिनुभयो, “शैतान, म बाट टाढा गइहाल ! परमेश्‍वरको वचनमा वहाँले यस्तो आज्ञा दिनुभएको छ, ‘परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नु र वहाँको मात्र सेवा गर्नु । ‘”
  • २६ः३ यो परमप्रभुको अनुग्रहको समय हो ।
  • २७ः२ कानूनमा दक्ष त्यस व्‍यक्‍तिले परमेश्‍वरको व्यवस्थाले यस्तो भन्छ भनेर उत्तर दियो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सारा हृदय, प्राण, शक्ति र समझले प्रेम गर ।”
  • ३१ः५ त्यसपछि पत्रुसले येशूलाई भने, “प्रभु, यदि तपाईं नै हुनुहुन्छ भने, मलाई पनि तपाईंसंगै पानी मति आउने आज्ञा दिनुहोस्”
  • ४३ः९ “निश्‍चय नै यो जान, कि परमेश्‍वरले येशूलाई प्रभु र मसीह हुन लगाउनुभयो !”
  • ४७ः३ यस शैतानद्वारा त्यसले मानिसहरूको भविष्य बताई, र त्यसले आफ्ना गुरूहरूका लागि भविष्य बताएर धेरै रुपियाँ-पैसा कमाई ।
  • ४७ः११ पावलले जवाफ दिए, “येशूमा विश्‍वास गर, जो प्रभु हुनुहुन्छ, र तिमी र तिम्रो सारा परिवार बाँच्‍नेछ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0113, H0136, H1167, H1376, H4756, H7980, H8323, G02030, G06340, G09620, G12030, G29620