ne_tw/bible/other/wolf.md

3.1 KiB
Raw Permalink Blame History

ब्वाँसो, जङ्गली कुकुरहरू

परिभाषा:

ब्वाँसो जङ्गली कुकुरसँग मिल्दोजुल्दो एक भयानक मांसहारी जनावर हो ।

  • ब्वाँसाहरूले प्राय: समूहमा शिकार गर्छन् र आफ्नो शिकारलाई चलाखीसाथ र लुकेर पिछा गर्छन् ।
  • बाइबलमा, "ब्वाँसो"लाई आलङ्‌कारिक रूपमा झुटा शिक्षकहरू वा झुटा अगमवक्ताहरूलाई बुझाउन प्रयोग गरिएको छ जसले भेडासँग तुलना गरिएका विश्‍वासीहरूलाई नाश गर्छन् । झुटो शिक्षाले मानिसहरूलाई गलत कुराहरूमा विश्‍वास गर्न लगाउँछ जसले तिनीहरूलाई हानि पुर्‍याउँछ ।
  • यो तुलना, भेडाहरू विशेष गरी ब्वाँसाहरूद्वारा हुने आक्रमण र खाने खतरामा हुने तथ्यमा आधारित छ, किनभने तिनीहरू कमजोर छन् र प्रतिरक्षा गर्न सक्दैनन् ।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्दलाई "जंगली कुकुर" वा "जंगली जनावर" भनी अनुवाद गर्न सकिन्छ ।
  • जंगली कुकुरहरूको अर्को नामहरू "स्याल" वा "कुकुरजस्तो जङ्गली जनावर" हुन सक्छन् ।
  • मानिसहरूलाई जनाउन आलङ्कारिक रूपमा प्रयोग गर्दा, यसलाई "भेडालाई आक्रमण गर्ने जनावरहरूजस्तै मानिसहरूलाई हानि गर्ने दुष्ट मानिसहरू" भनेर अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: दुष्ट, झुटो अगमवक्ता, भेडा, सिकाउनु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2061, H3611, G30740