ne_tw/bible/other/falseprophet.md

1.9 KiB
Raw Permalink Blame History

झुटो अगमवक्ता

परिभाषा:

परमेश्‍वरबाट आएको सन्‍देश हो भनेर गलत तरिकाले दाबी गर्ने मानिसलाई झुटो अगमवक्ता भनिन्छ।

  • झुटो अगमवक्ताले गरेको अगमवाणी पुरा हुँदैन।
  • झुटा अगमवक्‍ताहरूको सन्‍देश बाइबलको सन्‍देशसँग आंशिक वा पूर्ण रूपमा बाझिन्छ।
  • यो शब्दलाई “आफूलाई परमेश्‍वरको प्रवक्ता भनेर झुटो तरिकाले दाबी गर्ने मानिस” वा “झुटो देवताको अगमवक्ता” भनेर अनुवाद गर्न सकिन्छ।
  • नयाँ नियमले सिकाउँछ कि अन्तिम समयमा त्यहाँ धेरै झूटा अगमवक्ताहरू हुनेछन् जसले मानिसहरूलाई आफूहरू परमेश्‍वरबाट आएको हो भनी भ्रममा पार्ने प्रयास गर्नेछन्।

(यो पनि हेर्नुहोस्: पूरा, अगमवक्ता, सत्य)

​बाइबल सन्दर्भहरू:

१ यूहन्‍ना ४:१-३

२ पत्रुस २:१

प्रेरित १३:६-८

लूका ६:२६

मत्ती ७:१६

मत्ती २४:२३-२५

​शब्द तथ्याङ्कः

स्ट्रोंग्स G55780