ne_tw/bible/kt/evil.md

6.5 KiB

दुष्‍ट, अधर्मी, दुष्‍टता

परिभाषा:

बाईबलमा, "दुष्‍ट" शब्‍दले कि नैतिक दुष्‍टता वा भावनात्‍मक अप्रियताको अवधारणालाई व्‍यक्‍त गर्दछ। सन्‍दर्भले सामान्‍यतया शब्‍दको तोकिएको अर्थको उदेश्‍य स्‍पष्‍ट पार्छ।

  • “दुष्‍ट” शब्दले मानिसको गुणलाई जनाउँछ र “अधर्मी” शब्दले मानिसको व्यवहारलाई जनाउँछ । यद्यपि यिनीहरूको समान अर्थ छन् ।
  • “दुष्‍टता” ले मानिसले गर्ने दुष्‍ट कामलाई जनाउँछ ।
  • हत्या, चोरी, निन्दा, क्रूरता र निर्दयता जस्ता मानिसहरूले गर्ने कामहरू दुष्‍ट कामका परिणामहरू हुन् ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, "नराम्रो" वा "दुष्‍ट" शब्‍दहरूलाई "खराब" वा "पापि" वा "अनैतिक" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • यि अनुवाद ग्रने अन्‍य तरिकाहरू "राम्रो छैन" वा "धार्मिक छैन" वा "नैतिक छैन" भन्‍ने कुराहरू समावेश गर्छ।
  • निश्चित गर्नुहोस् कि यी शब्‍दहरू अनुवाद गर्न प्रयोग गरिएका शब्‍दहरू वा वाक्‍यांशहरू लक्षित भाषामा प्राकृतिक सन्‍दर्भमा मिल्‍नुपर्छ।

हेर्नुहोस्ः अनाज्ञाकारी, पाप, राम्रो, धर्मि, दुष्‍ट

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल २४ः११
  • १ तिमिथी ६ः१०
  • ३ यूहन्‍ना १ः१०
  • उत्‍पत्ति २ः१७
  • उत्‍पत्ति ६ः५-६
  • अय्‍युब १ः१
  • अय्‍युब ८ः२०
  • न्‍यायकर्ताहरू ९ः५७
  • लूका ६ः२२-२३
  • मत्ति ७ः११-१२
  • हितोपदेश ३ः७
  • भजनसंग्रह २२ः१६-१७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २ः४ "परमेश्‍वरलाई मात्र थाहा छ कि तिमिले यो खाने बित्तिकै, तिमि परमेश्‍वर जस्‍तै हुनेछौँ र उहाँले जस्तै असल र खराब बुझ्‍नेछौँ।"
  • ३ः१ धेरै समय पछि, धेरै मानिसहरू संसारमा जिइरहेका थिए। तिनिहरू धेरै दुष्‍ट र हिंसक भएका थिए।
  • ३ः२ तर नोआले परमेश्‍वरको अनुग्रह पाएका थिए। उनि दुष्‍ट मानिसहरूका बिचमा बस्‍ने धर्मि मानिस थिए।
  • ४ः२ परमेश्‍वरले देख्‍नुभयो कि यदि तिनिहरू सबैले दुष्‍ट काम गर्न एकसाथ काम गरिरहे भने, तिनिहरूले धेरै पापमय कामहरू गर्ने छन्।
  • ८ः१२ "तपाईहरूले मलाई दासको रूपमा बेचेर खराबि गर्न खोज्‍नुभयो, तर परमेश्‍वारले खराबिलाई भलाईको लागि प्रयोग गर्नु भयो।"
  • १४ः२ तिनिहरूले (कनानिहरूले) झूटा देवताहरूको पूजा गरे र धेरै खराब कामहरू गरे।
  • १७ः१ तर त्‍यसपछि ऊँ (शाऊल) एक दुष्‍ट मानिस भयो जसले परमेश्‍वरको आज्ञा पालना गरेन, त्‍यसैले परमेश्‍वरले अर्को मानिसलाई चुन्‍नुभयो जो एक दिन उसको ठाउँमा राजा हुनेछ।
  • १८ः११ इस्राएलको नयाँ राज्‍यमा सबै राजाहरू दुष्‍ट थिए।
  • २९ः८ राजा यति क्रोधित भए कि उनले आफ्‍नो सबै ऋण तिर्न नसकेसम्‍म दुष्‍ट नोकरलाई झ्‍यालखानामा हालिदिए।
  • ४५ः२ तिनिहरूले भने, "हामिले तिनलाई (स्‍तिफनस) मोशा र परमेश्‍वरको बारेमा नराम्रा कुराहरू बोलेको सुन्‍यौँ।"
  • ५०ः१७ उहाँले (येशू) हरेक आसुँ पुछिदिनुहुनेछ र त्‍यहाँ कुनै पिडा, दुःख, रुवाई, दुष्‍ट, चोट, वा मृत्‍यु हुनेछैन।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0205, H0605, H1100, H1681, H1942, H2154, H2162, H2254, H2617, H3399, H3415, H4209, H4849, H5753, H5766, H5767, H5999, H6001, H6090, H7451, H7455, H7489, H7561, H7562, H7563, H7564, G00920, G01130, G04590, G09320, G09870, G09880, G14260, G25490, G25510, G25540, G25550, G25560, G25570, G25590, G25600, G26350, G26360, G41510, G41890, G41900, G41910, G53370