ne_tw/bible/other/wolf.md

31 lines
3.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# ब्वाँसो, जङ्गली कुकुरहरू
## परिभाषा:
ब्वाँसो जङ्गली कुकुरसँग मिल्दोजुल्दो एक भयानक मांसहारी जनावर हो ।
* ब्वाँसाहरूले प्राय: समूहमा शिकार गर्छन् र आफ्नो शिकारलाई चलाखीसाथ र लुकेर पिछा गर्छन् ।
* बाइबलमा, "ब्वाँसो"लाई आलङ्‌कारिक रूपमा झुटा शिक्षकहरू वा झुटा अगमवक्ताहरूलाई बुझाउन प्रयोग गरिएको छ जसले भेडासँग तुलना गरिएका विश्‍वासीहरूलाई नाश गर्छन् । झुटो शिक्षाले मानिसहरूलाई गलत कुराहरूमा विश्‍वास गर्न लगाउँछ जसले तिनीहरूलाई हानि पुर्‍याउँछ ।
* यो तुलना, भेडाहरू विशेष गरी ब्वाँसाहरूद्वारा हुने आक्रमण र खाने खतरामा हुने तथ्यमा आधारित छ, किनभने तिनीहरू कमजोर छन् र प्रतिरक्षा गर्न सक्दैनन् ।
## अनुवादका निम्ति सुझावहरूः
* यो शब्दलाई "जंगली कुकुर" वा "जंगली जनावर" भनी अनुवाद गर्न सकिन्छ ।
* जंगली कुकुरहरूको अर्को नामहरू "स्याल" वा "कुकुरजस्तो जङ्गली जनावर" हुन सक्छन् ।
* मानिसहरूलाई जनाउन आलङ्कारिक रूपमा प्रयोग गर्दा, यसलाई "भेडालाई आक्रमण गर्ने जनावरहरूजस्तै मानिसहरूलाई हानि गर्ने दुष्ट मानिसहरू" भनेर अनुवाद गर्न सकिन्छ ।
(यो पनि हेर्नुहोस्: [दुष्ट](../kt/evil.md), [झुटो अगमवक्ता](../other/falseprophet.md), [भेडा](../other/sheep.md), [सिकाउनु](../other/teach.md))
## बाइबलका सन्दर्भहरूः
* [प्रेरित २०ः२९](rc://*/tn/help/act/20/29)
* [यशैया ११ः७](rc://*/tn/help/isa/11/07)
* [यूहन्‍ना १०ः११-१३](rc://*/tn/help/jhn/10/11)
* [लूका १०ः३](rc://*/tn/help/luk/10/03)
* [मत्ती ७ः१५](rc://*/tn/help/mat/07/15)
* [जकरिया ३ः३](rc://*/tn/help/zep/03/03)
## शब्द विवरणः
* Strongs: H2061, H3611, G30740