ne_tw/bible/other/courtyard.md

4.4 KiB
Raw Permalink Blame History

आँगन, चोक

परिभाषा:

“आँगन” र “चोक” ले वरिपरि पर्खालले घेरिएको तर आकाशतिर खुल्‍ला रहेको बन्द क्षेत्रलाई जनाउँछ । "चोक"ले कानूनी वा अपराधको विषयमा न्यायधीसहरूले फैसला गर्ने स्थानलाई पनि बुझाउँछ ।

  • पवित्र वासस्थानको वरिपरि एउटा आँगन हुन्थ्यो, जुन बाक्लो वस्‍त्रको पर्दाहरूबाट बानेको पर्खालहरूद्वारा घेरिएको हुन्थ्यो ।
  • मन्दिरको भवनका तीन वटा भित्री आँगनहरू हुन्थेः एउटा पुजारीहरूका निम्ति, एउटा यहूदी पुरूषहरूका निम्ति र एउटा यहूदी स्‍त्रीहरूका निम्ति ।
  • यी भित्री आँगनहरू होचो पर्खालद्वारा घेरिएको हुन्थ्यो, जुन पर्खालले तिनलाई बाहिरी आँगनबाट अलग गर्थ्यो । यो बाहिरी आँगनमा गैरयहूदीहरूलाई आराधना गर्न अनुमति दिइएको थियो ।
  • घरको आँगन घरमा मध्य भागमा रहेको खाली क्षेत्र थियो ।
  • “राजाको आँगन” ले उनको दरबार वा उनले न्याय गर्ने क्षेत्रलाई जनाउन सक्छ ।
  • “परमप्रभुको चोक”ले आलङ्कारिक रूपमा परमप्रभुको बासस्थान वा मानिसहरूले परमप्रभुको आराधना गर्ने स्थानलाई जनाउँछ ।

अनुवादका निम्ति सुझावहरूः

  • "आँगन" शब्दलाई "बन्‍द ठाउँ" वा "पर्खालले घेरिएको जग्गा" वा "मन्दिरको मैदान" वा "मन्दिरको घेरा" भनेर अनुवाद गर्न सकिन्छ ।
  • कहिलेकाहीँ "मन्दिर" शब्दलाई "मन्दिरको आँगन" वा "मन्दिर परिसर" को रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ ताकि चोकहरू मन्दिरको भवन होइन भन्‍ने यो स्पष्ट होस् ।
  • "परमप्रभुका चोकहरू" लाई "परमप्रभु बास्‍नुहुने ठाउँ" वा "परमप्रभुको आराधना गर्ने ठाउँ" भनी अनुवाद गर्न सकिन्छ ।
  • राजाको चोक लागि प्रयोग गरिएको शब्दलाई परमप्रभुको चोकको निम्ति पनि प्रयोग गर्न सकिन्छ ।

(यो पनि हे्र्नुहोस्: गेरयहूदी, न्यायकर्ता, राजा, पवित्र बासस्थान, मन्दिर)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H1004, H1508, H2691, H5835, H7339, H8651, G08330, G42590