ne_tw/bible/kt/tabernacle.md

4.2 KiB

पवित्र वासस्थान

परिभाषा:

पवित्र वासस्थान एउटा विशेष पालजस्तो संरचना थियो जहाँ इस्राएलीहरू ४० वर्षसम्म मरुभूमिमा यात्रा गर्दा तिनीहरूले परमेश्‍वरको आराधना गर्थे ।

  • यो ठुलो पाल निर्माणको लागि परमेश्‍वरले इस्राएलीहरूलाई सबिस्तार निर्देशनहरू दिनुभएको थियो । यसका दुईवटा कोठा हुन्थे र यसको वरिपरि बन्द गरिएको चोक हुन्थ्यो ।
  • हरेक पटक इस्राएलीहरू मरुभूमिको अर्को ठाउँमा बस्‍नलाई जाँदा पूजाहारीहरूले पवित्र वासस्थानलाई भताभुङ्ग पारी त्यसलाई अर्को शिविर स्थलमा ओसारेर लैजान्थे । त्यसपछि तिनीहरूले आफ्ना नयाँ शिविरको बिचमा त्यसलाई पुनः खडा गर्थे ।
  • पवित्र वासस्थान काठका संरचनाहरूबाट बनाइएको थियो जसमा कपडा, बाख्राको भुत्ला र जनावरका छालाहरूबाट बनेका पर्दाहरू झुण्ड्याइन्थे । यसलाई घेर्ने चोकलाई थप पर्दाहरूबाट घेरिन्थ्यो ।
  • पवित्र वासस्थानका दुईवटा कोठा पवित्र स्थान (जहाँ धूप बाल्ने वेदी राखिन्थ्यो) र महा-पवित्रस्थान (जहाँ करारको सन्दुक राखिन्थ्यो) थिए ।
  • पवित्र वासस्थानको चोकमा जनावरहरूको बलिदानको लागि एउटा वेदी र धार्मिक शुद्देइँको लागि धुने बाटा राखिन्थे ।
  • यरूशलेममा सोलोमनको मन्दिर बनेपछि इस्राएलीहरूले पवित्र वासस्थानलाई प्रयोग गर्न छाडे ।

अनुवादका लागि सुझावहरूः

  • पदावली “पवित्र वासस्थान” को अर्थ हुन्छः “बास गर्ने स्थान ।” यसलाई “भेट हुने पाल” वा “पवित्र पाल” वा “परमेश्‍वर हुनुहुने ठाउँ” वा “परमेश्‍वरको पाल” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो शब्‍दको  अनुवाद "मन्‍दिर" को अनुवाद भन्‍दा फरक छ भनी सुनिश्‍चित गर्नुहोस्।

(हेर्नुहोस्ः वेदी, धूपको वेदी, करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको करार, मन्दिर)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २१:२८-३०
  • २ इतिहास ०१:२-५
  • प्रेरित ०७:४३
  • प्रेरित ०७:४४-४६
  • प्रस्थान ३८:२१-२३
  • यहोशू २२:१९-२०
  • लेवी १०:१६-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0168, H4908, H5520, H5521, H5522, H7900, G46330, G46340, G46360, G46380