ne_tw/bible/kt/gentile.md

2.7 KiB

अन्यजाति/गैरयहूदी

परिभाषा:

“अन्यजाति” शब्दले कुनै पनि गैरयहूदीलाई जनाउँछ । अन्यजातिहरू ती मानिसहरू हुन्, जो याकूबका सन्तानहरू होइनन् ।

  • बाइबलमा अन्यजातिहरूलाई जनाउन “बेखतने” शब्दलाई पनि आलङ्कारिक रूपमा प्रयोग गरिएको छ, किनकि इस्राएलीहरूले जस्तै तिनीहरूमध्ये धेरै जनाले आफ्ना पुरुषहरूको खतना गर्दैनथ्ये ।
  • परमेश्‍वरले यहूदीहरूलाई उहाँको विशेष जाति हुनलाई छान्‍नुभएकोले तिनीहरूले अन्यजातिहरूलाई बाहिरियाहरू ठान्थे, जो कहिल्यै परमेश्‍वरको जाति हुन सक्दैनथ्ये ।
  • इतिहासमा विभिन्‍न समयमा यहूदीहरूलाई “इस्राएलीहरू” वा “हिब्रूहरू” पनि भनियो । तिनीहरूले हरेकलाई “अन्यजाति” भनी उल्लेख गर्थे ।
  • अन्यजातिलाई “गैरयहूदी” वा “गैरइस्राएली” भनेर पनि अनुवाद गर्न सकिन्छ (पुरानो करार) ।
  • परम्परागत रूपमा, यहूदीहरू अन्यजातिहरूसँगै बसेर खाँदैनथ्ये, वा तिनीहरूसित सङ्गत गर्दैनथ्ये, जसको कारणले गर्दा आदि मण्डलीमा सुरु-सुरुमा समस्याहरू उब्जे ।

(हेर्नुहोस्ः इस्राएल, याकुब, यहुदि)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ९ः१३-१६
  • प्रेरित १४ः५-७
  • गलाती २ः१६
  • लूका २ः३२
  • मत्ति ५ः४७
  • मत्ति ६ः५-७
  • रोमि ११ः२५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1471, G14820, G14840, G16720