ne_tw/bible/names/jerusalem.md

7.0 KiB
Raw Permalink Blame History

यरूशलेम

तथ्यहरूः

सुरुमा यरूशलेम एउटा कनानी सहर थियो जुन पछि इस्राएलमै सर्वाधिक महत्त्वपूर्ण सहर बन्यो । यो खारा सागर(मृत सागर)को पश्‍चिमतिर लगभग ३४ किलोमिटर र बेथलेहेमको उत्तरतिर पर्छ । यो अहिले पनि वर्तमान इस्राएलको राजधानी सहर हो ।

  • "यरूशलेम" नामलाई यहोशूको पुस्तकमा पहिलो पटक उल्लेख गरिन्छ । पुरानो करारमा यस सहरको अन्य नामहरू "शालेम," "यबूसको सहर," र "सियोन" हुन् । "यरूशलेम" र "शालेम" दुवैको मूलरूपको अर्थ "शान्ति" हुन्छ ।
  • यरूशलेमलाई मौलिक रूपमा "सियोन" भनिने यबूसी किल्ला थियो जसलाई राजा दाऊदले कब्जा गरे र त्यसलाई आफ्नो राजधानी सहर बनाए ।
  • दाऊदका पुत्र सोलोमनले यरूशलेमको मोरीयाह पर्वतमा पहिलो मन्दिर निर्माण गरे जहाँ अब्राहामले आफ्ना छोरा इसहाकलाई परमेश्‍वरको निम्ति बलि चढाएउन गएका थिए । बेबिलोनीहरूले यरूशलेमलाई नष्‍ट पारेपछि फेरि त्‍यस मन्‍दिरको पुनर्निर्माण गरियो ।
  • मन्दिर यरूशलेममा नै भएकोले प्रमुख यहूदी चाडपर्वहरू त्यहाँ नै मनाइन्थ्यो ।
  • यरूशलेम इस्राएलका पर्वतहरूमाथि अवस्थित भएकोले मानिसहरूले यरूशलेम जाँदा साधारणतया “माथि यरूशलेम जाने” भनी उल्लेख गर्थे ।

(यो पनि हेर्नुहोस्: बेबिलोन, ख्रीष्ट, दाऊद, यबूसीहरू, येशू, सोलोमन, मन्दिर, सियोन)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः५ दाऊदले __यरूशलेम__लाई कब्जा गरी यसलाई आफ्नो राजधानी सहर बनाए ।
  • १८ः२ __यरूशलेम__मा सोलोमनले मन्दिर निर्माण गरे जसको लागि तिनका पिता दाऊदले योजना बनाई सामग्रीहरू थुपारेका थिए ।
  • २०ः७ तिनीहरू (बेबिलोनीहरू) ले यरूशलेम सहर कब्जा गरे; मन्दिरलाई नाश पारे र सहरसाथै मन्दिरका सबै खजानाहरू लिएर गए ।
  • २०ः१२ त्यसैले, सत्तरी वर्षको निर्वासनपश्‍चात् यहूदीहरूको एउटा सानो समूह यहूदास्थित यरूशलेम सहरमा फर्के ।
  • ३८ः१ येशूले पहिलो पटक सार्वजनिक रूपमा प्रचार गर्न र सिकाउन थाल्नुभएको लगभग तीन वर्षपश्‍चात् येशूले __यरूशलेम__मा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहनुहुन्थ्यो र त्यहीँ नै उहाँ मारिनुहुन्थ्यो भनी उहाँले तिनीहरूलाई बताउनुभयो ।
  • ३८ः२ येशू र चेलाहरू __यरूशलेम__मा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गए र रुपियाँ-पैसा लिई येशूलाई धोका दिने प्रस्ताव राख्‍यो ।
  • ४२ः८ “धर्मशास्‍त्रमा यो पनि लेखिएको थियो, कि हरेकले पाप क्षमा पाउनको लागि उसले पश्‍चात्ताप गर्नुपर्छ भनी मेरा चेलाहरूले घोषणा गर्ने छन् । तिनीहरूले __ यरूशलेम__ मा यसको थालनी गर्ने छन् र सबै मानिस समूहहरूकहाँ जाने छन् ।”
  • ४२ः११ येशू मृतकहरूबाट पुनरुत्थान हुनुभएको चालिस दिनपश्‍चात् उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा तिमीहरूमा आउनुभएर तिमीहरूले शक्‍ति नपाउञ्‍जेलसम्म तिमीहरू __यरूशलेम__मा नै बसिराख ।”

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3389, H3390, G24140, G24150, G24190