ne_tw/bible/kt/christ.md

7.8 KiB
Raw Permalink Blame History

ख्रीष्‍ट, मसीह

तथ्यहरु:

शब्दहरू “मसीह” र “ख्रीष्‍ट” को अर्थ हुन्छः “अभिषिक्‍त जन ।” यसले येशू अर्थात् परमेश्‍वरका पुत्रलाई जनाउँछ ।

  • नयाँ करारमा परमेश्‍वरका पुत्रलाई जनाउन “मसीह” र “ख्रीष्‍ट” दुवै शब्दको प्रयोग गरिएका छन् । आफ्ना मानिसहरूमाथि राजा भई शासन गर्न अनि तिनीहरूलाई पाप र मृत्युबाट बचाउन परमेश्‍वर पिताले उहाँलाई नै नियुक्‍त गर्नुभएको छ ।
  • मसीह यस पृथ्वीमा आउनुभन्दा सयौँ वर्षअगि पुरानो करारमा अगमवक्‍ताहरूले उहाँको बारेमा भविष्यवाणीहरू लेखे ।
  • आउनेवाल मसीहलाई जनाउन पुरानो करारमा अक्सर “अभिषिक्‍त (जन)” अर्थ दिने शब्दको प्रयोग गरिएको छ ।
  • येशूले तीमध्ये धेरै भविष्यवाणीहरूलाई पुरा गर्नुभयो र धेरै आश्यचर्यकर्महरू गर्नुभयो, जसद्वारा उहाँले आफैलाई मसीहको रूपमा प्रमाणित गरिदिनुभयो । बाँकी भविष्यवाणीहरू उहाँ फर्कनुहुँदा पुरा हुनेछन् ।
  • “ख्रीष्‍ट” शब्दलाई अक्सर पदको रूपमा प्रयोग गरिएको छ, जस्तैः “ख्रीष्‍ट येशू ।”
  • “ख्रीष्‍ट” शब्द उहाँको नाउँको भागको रूपमा पनि प्रयोग हुन आयो, जस्तैः “ख्रीष्‍ट येशू ।”

अनुवादका लागि सुझावहरूः

  • यस शब्दको अर्थ “अभिषिक्‍त जन” वा “परमेश्‍वरबाट नियुक्‍त मुक्‍तिदाता” को प्रयोग गरेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
  • धेरै भाषाहरूले “ख्रीष्‍ट” वा “मसीह” जस्तै देखिने वा सुनिने लिप्यन्तर गरिएको शब्दको प्रयोग गर्छन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
  • लिप्यन्तर गरिएको शब्दमा परिभाषित गर्ने शब्दलाई थप्‍न सकिन्छ, जस्तैः “ख्रीष्‍ट अर्थात् अभिषिक्‍त जन”
  • एउटै शब्दको उल्लेख गरिँदै छ भन्‍नाका लागि बाइबलभरि नै यस शब्दको अनुवादमा एकरुपता ल्याउनुहोस् ।
  • उही पदमा “मसीह” र “ख्रीष्‍ट” प्रयुक्‍त भएका सन्दर्भहरू (जस्तैः यूहन्‍ना १:४१) मा तिनको अनुवादलाई राम्ररी ध्यान दिनुहोस् ।

(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः परमेश्‍वरका पुत्र, पुत्र, दाऊद, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, अभिषेक गर्नु, अभिषिक्‍त)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०५:१-३
  • प्रेरित ०२:३४-३६
  • प्रेरित ०५:४०-४२
  • यूहन्‍ना ०१:४०-४२
  • यूहन्‍ना ०३:२७-२८
  • यूहन्‍ना ०४:२५-२६
  • लूका ०२:१०-१२
  • मत्ती ०१:१५-१७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१७-०७) मसीह परमेश्‍वरका छानिनुभएका जन हुनुहुन्थ्यो जसले संसारका मानिसहरूलाई पापबाट बचाउनुहुने थियो ।
  • (१७-०८) मसीह आउनुभन्दा धेरै लामो समयसम्म अर्थात् करिब १, वर्षसम्म इस्राएलीहरूले पर्खनुपर्ने थियो ।
  • (२१-०१) सुरुबाट नै परमेश्‍वरले मसीह पठाउनुहुने योजना बनाउनुभयो ।
  • (२१-०४) मसीह दाऊदकै एक सन्तान हुनुहुने थियो भनी परमेश्‍वरले राजा दाऊदसित प्रतिज्ञा गर्नुभयो ।
  • (२१-०५) मसीहले नयाँ करारको थालनी गर्नुहुने थियो ।
  • (२१-०६) मसीह अगमवक्‍ता, पूजाहारी र राजा हुनुहुने थियो भनेर पनि परमेश्‍वरका अगमवक्‍ताहरूले बताए ।
  • (२१-०९) मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • (४३-०७) “तर परमेश्‍वरले यसो भन्‍ने भविष्यवाणी पुरा गर्न उहाँलाई फेरि जीवित पार्नुभयो, ‘तपाईंले आफ्ना पवित्र जनलाई चिहानमा कुहुन दिनुहुनेछैन’ ।”
  • (४३-०९) “तर निश्‍चित हुनुहोस् कि परमेश्‍वरले येशूलाई प्रभु र मसीह दुवै बनाउनुभएको छ ।”
  • (४३-११) पत्रुसले जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुहोस् ताकि परमेश्‍वरले तपाईंका पाप क्षमा गरिदिऊन् ।”
  • (४६-०६) येशू नै मसीह हुनुहुन्थ्यो भनी प्रमाणित गर्दै शाऊलले यहूदीहरूसित तर्क वितर्क गरे ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4899, G33230, G55470