ne_tw/bible/names/solomon.md

5.2 KiB
Raw Permalink Blame History

सोलोमन

तथ्यहरूः

सोलोमन राजा दाऊदका छोराहरूमध्येका एक जना थिए । उनको आमा बतशेबा थिइन् ।

  • सोलोमन राजा हुँदा उनले चाहेका कुरा माग भनी परमेश्‍वरले भन्‍नुभयो । त्यसैले सोलोमनले मानिहरूमाथि न्यापूर्वक र राम्ररी शासन गर्नलाई बुद्धि मागे । परमेश्‍वर सोलोमनसँग प्रशन्‍न हुनुभयो र उनलाई बुद्धि र सम्पत्ति दुवै दिनुभयो ।
  • सोलोमन यरूशलेममा निर्माण गरेका परमेश्‍वरको भव्य मन्दिरको निम्ति पनि प्रख्यात छन् ।
  • सोलोमनले सुरुका वर्षहरूमा बुद्धिमतापूर्वक शासन गरे तापनि पछि उनले मूर्खतापूर्वक विदेशी महिलाहरूसँग विवाह गरे, र तिनीहरूका देवताहरू पुज्‍न सुरु गरे ।
  • सोलोमनको बेइमानीको कारणले परमेश्‍वरले उनको मृत्युपछि इस्राएलीहरूलाई इस्राएल र यहूदा गरी दुई वटा राज्यहरूमा विभाजन गर्नुभयो । यी राज्यहरू प्रायः एक अर्कामा युद्ध गर्थे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बतशेबा, दाऊद, इस्राएल, यहूदा, इस्राए राज्य, मन्दिर)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः१४ पछि दाऊद र बतशेबाका एउटा छोरो भयो, र उनीहरूले तिनका नाउँ सोलोमन राखे ।
  • __१८ः१__धेरै वर्षपछि दाऊद मरे, र उनका छोरो __सोलोमन__ले शासन गर्न सुरु गरे । परमेश्‍वर __सोलोमन__सँग बोल्नुभयो र उनलाई सबैभन्दा बढी चाहेका कुरा माग भन्‍नुभयो । जब __सोलोमन__ले बुद्धि मागे, उहाँ तिनीसँग प्रशन्‍न हुनुभयो, र तिनलाई संसारको सबैभन्दा बढी बुद्धिमान बनाउनुभयो । __सोलोमन__ले धेरै कुराहरू सिके, र अति बुद्धिमानी न्यायकर्ता भए । परमेश्‍वरले उनलाई धैरै धनी पनि बनाउनुभयो ।
  • १८ः२ __सोलोमन__ले उनका बाबु दाऊदले परमेश्‍वरको निम्ति मन्दिर निर्माण गर्न योजना बनाएका मन्दिर यरूशलेममा बनाए ।
  • १८ः३ तर __सोलोमन__ले अन्य देशहरूका विदेशी महिलाहरूलाई प्रेम गरे । … सोलोमन वृद्ध भएपछि, उनले तिनीहरूका देवताहरू पुजे ।
  • १८ः४ परमेश्‍वर __सोलोमन__सँग रिसाउनुभयो, र __सोलोमन__को बेइमानीको दण्डस्वरूप __सोलोमन__को मृत्युपछि इस्राएल राज्यलाई दुई भागमा विभाजन गर्ने प्रतिज्ञा गर्नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H8010, G46720