ne_tw/bible/kt/zion.md

2.5 KiB

सियोन, सियोन पर्वत

परिभाषा:

मौलिक रूपमा “सियोन” वा “सियोन पर्वत” शब्दले दाऊद राजाले यबूसीहरूबाट कब्जा गरेका एउटा किल्ला वा गढलाई जनाउँछ । यो यरूशलेम सहर निर्माण गरिएकको पहाडहरू मध्ये एउटामाथि अवस्थित थियो र दाऊदको निवास भयो ।

  • सियोन र मोरीयाह यरूशलेम सहर अवस्थित पहाडहरू मध्ये दुईवटा पहाडहरू थिए । पछि, “सियोन” र “सियोन पर्वत” यी दुवै पर्वतहरू र यरूशलेम सहरलाई जनाउनलाई प्रयोग गर्ने साझा शब्दावली भए । तिनीहरूलाई यरूशलेममा अवस्थित मन्दिरलाई जनाउन पनि प्रयोग गरियो ।
  • दाऊदले सियोन, वा यरूशलेम, “दाऊदको शहर” भनी नामाकरण गरे” । यो दाऊदको गृहनगर बेथलेहेमभन्दा फरक थियो, जसलाई दाऊदको सहर पनि भनिन्थ्यो ।
  • “सियोन” शब्द इस्राएल वा परमेश्‍वरको आत्मिक राज्य वा परमेश्‍वरले सृजनुहुने नयाँ, स्वर्गीय यरूशलेमलाई जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

(हेर्नुहोस्ः अब्राहम, अब्राम, दऊद, यरूशलेम, बेथेलेहेम, एप्राता, यबूसी)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ११ः५
  • आमोस १ः२
  • यर्मिया ५१ः३५
  • भहनसंग्रह ७६ः१-३
  • रोमी ११ः२६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6726