ne_tw/bible/kt/stone.md

3.1 KiB
Raw Permalink Blame History

ढुङ्गा, ढुङ्गाले हान्‍ने काम

परिभाषा:

ढुङ्गा सानो चट्टान हो । ढुङ्गाले हान्‍नु भनेको कसैलाई मार्ने अभिप्रायले ढुङ्‍गाहरू वा ठुलो चट्टानले हान्‍नु हो ।  "ढुङ्गा हान्‍ने काम" कसैलाई ढुङ्गाले हान्‍ने एउटा घटना हो ।

  • प्राचीन समयमा ढुङ्गाले हान्‍नु मानिसहरूले गरेका अपराधको सजायको रूपमा मृत्युदण्ड दिने एउटा विधि थियो ।
  • व्यभिचारजस्ता केही पापहरूका निम्ति दण्ड दिन ढुङ्गाले हान्‍न परमेश्‍वरले इस्राएली अगुवाहरूलाई आज्ञा दिनुभयो ।
  • नयाँ करारमा, येशूले व्‍यभिचारमा समातिएकी एउटी स्‍त्रीलाई क्षमा दिनुभयो र मानिसहरूलाई ढुङ्गाले हान्‍नबाट रोक्‍नुभयो ।
  • स्‍तिफनस, येशूको बारे गवाही दिएकोमा ढुङ्गाले हानेर मारिने बाइबलका पहिलो व्‍यक्‍ति थिए ।
  • लुस्‍त्रा सहरमा प्रेरित पावललाई ढुङ्गाले हानिएको थियो, तर उनका घाउहरूले उनी मरेनन्।

(यो पनि हेर्नुहोस्: व्यभिचार, गर्नु, अपराध, मृत्यु, लुस्‍त्रा, गवाही)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0068, H0069, H0810, H1382, H1496, H1530, H2106, H2672, H2687, H2789, H4676, H4678, H5553, H5601, H5619, H6344, H6443, H6697, H6864, H6872, H7275, H7671, H8068, G26420, G29910, G30340, G30350, G30360, G30370, G40740, G43480, G55860