ne_tw/bible/other/criminal.md

1.7 KiB
Raw Permalink Blame History

अपराध, अपराधी

परिभाषा:

“अपराध” शब्दले साधारणतया त्यस्तो पापलाई जनाउँछ, जसमा देश वा राज्यको कानुन उल्लङ्घन गर्ने कुरा पर्छ। अपराध गर्ने व्‍यक्‍तिलाई “अपराधी” भनिन्छ।

  • कुनै व्‍यक्‍तिलाई मार्नु वा कसैको सम्पत्ति चोर्नुजस्ता कुराहरू अपराधका किसिमहरू हुन्।
  • साधारणतया अपराधीलाई पक्राउ गरी उसलाई झ्यालखानाजस्ता कैदखानामा बन्द गरिन्छ।
  • बाइबलको समयमा केही अपराधीहरू भगुवा बने। अपराधको कारणले अरूले तिनीहरूलाई हानि पुर्‍याउने डरले तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा भाग्दै हिँड्थे।

(यो पनि हेर्नुहोस्: चोर)

​बाइबलका सन्दर्भहरू:

  • २ तिमोथी २:९
  • होशे ६:८-९
  • अय्यूब ३१:२६-२८
  • लुका २३:३२
  • मत्ती २७:२३-२४

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2154, H2400, H4639, H5771, H7563, H7564, G25560, G25570, G44670