ne_tw/bible/kt/testimony.md

11 KiB

गवाही, गवाही दिनु, प्रमाण

परिभाषा:

जब एक व्‍यक्‍तीले "गवाही" दिन्‍छ उसले आफूलाई थाहाँ भएको कुराको बारेमा बयान दिन्‍छ, भनाई सत्‍य हो भनी दाबी गर्दछ। "गवाही" दिनु भनेको "बयान" दिनु भनेको " गवाही दिनु" हो।

  • अक्सर कुनै कुरोबारे “गवाही” दिने व्यक्‍तिले प्रत्यक्ष रूपमा आफैले त्यसको अनुभव गरेको हुन्छ ।
  • “झुटो गवाही” दिने साक्षीले भएको घटनाबारे साँचो कुरो बताउँदैन ।
  • कहिले काहीँ “गवाही” शब्दले अगमवक्‍ताले व्यक्‍त गरेको भविष्यवाणीलाई जनाउँछ ।
  • कसरी येशूका अनुयायीहरूले येशूको जीवनी, मृत्यु र पुनरुत्थानका घटनाहरूबारे गवाही दिए भनी उल्लेख गर्न यस शब्दलाई नयाँ करारमा अक्सर प्रयोग गरिएको छ ।

"साक्षी" शब्‍दले एक व्‍यक्‍तिलाई बुझाँउछ जसले व्‍यक्‍तिगत रूपमा केहि भएको अनुभव गरेको छ। सामान्‍यतया साक्षी पनि एक व्‍यक्‍ति हो जसले आफूलाई थाहाँ भएको कुरा सत्‍य हो भनेर गवाही दिन्‍छ। "प्रत्‍यक्षदर्शी" शब्‍दले त्‍यो व्‍यक्‍ति वास्‍तवमा त्‍यहाँ थियो र के भयो भनेर देखेको छ भन्‍ने कुरालाई जोड दिन्‍छ।

  • कुनै कुरालाई "साक्षी" दिनु भनेको त्‍यो भएको देख्‍नु हो।
  • परीक्षणको समयमा, साक्षीले  "साक्षी दिन्‍छ" वा "साक्षी बन्‍छ।" यसको अर्थ "गवाही दिनु" जस्‍तै हो।
  • साक्षीहरूले आफूहरूले देखेको वा सुनेको कुराहरूको सत्‍यता बताउने अपेक्षा गरिन्‍छ।
  • घटनाबारे सत्सा‍य नबोल्‍ने साक्षिलाई "झूटा साक्षी" भनिन्‍छ। उसलाई "झूटो गवाही" वा "झूटो गवाही दिनु" भनिएको हुन्‍छ।
  • "बिचमा साक्षी हुनु" भन्‍ने अभिव्‍यक्‍तिको अर्थ केही वा कसैसँग सम्‍झौता भएको प्रमाण हुनेछ भन्‍ने हो। साक्षीले प्रत्‍यक व्‍यक्‍तिले आफूले गर्ने प्रतिज्ञा गरेको कुरा सुनिश्‍चित गर्नेछ।

अनुवादका लागि सुझावहरूः

  • क्रियापद “गवाही दिनु” लाई “सत्यताहरू बताउनु” वा “देखिएको वा सुनिएको कुरो बताउनु” वा “व्यक्‍तिगत अनुभवबाट बताउनु” वा “साक्षी दिनु” वा “भएको कुरो बताउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “गवाही” शब्दलाई “भएको कुरोबारे प्रतिवेदन” वा “जे साँचो छ त्यसबारे भएको कथन” वा “साक्षी” वा “जे भनिएको छ” वा “भविष्यवाणी” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “तिनीहरूका निम्ति गवाहीस्वरूप” लाई “साँचो कुरो तिनीहरूलाई देखाउन” वा “साँचो कुरो तिनीहरूलाई प्रमाणित गर्न” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “तिनीहरूका विरुद्धमा गवाहीस्वरूप” लाई “जसले तिनीहरूलाई तिनीहरूको पाप देखाइदिन्छ” वा “तिनीहरूको पाखण्डको पर्दाफास गर्ने काम” वा “जसले तिनीहरू गलत छन् भनी तिनीहरूलाई प्रमाणित गरिदिन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “झुटो गवाही दिनु” लाई “को बारेमा झुटा कुराहरू भन्‍नु” वा “साँचो नभएका कुराहरू भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो "साक्षी" वा "प्रत्‍यक्षदर्शी" शब्‍द वा वाक्‍यांशको साथ अनुवाद गर्न सकिन्‍छ जसको अर्थ "यो देख्‍ने व्‍यक्‍ति" वा "यो भएको देख्‍ने" वा "जसले देख्‍यो र सुन्‍यो (ती चीजहरू)।"
  • "साक्षी" भन्‍ने कुरालाई "प्रत्‍याभूती" वा "हाम्रो प्रतिज्ञाको चिन्‍ह" वा "यो सत्‍य हो भनी गवाही दिने कुनै कुरा" भनी अनुवाद गर्न सकिन्‍छ।
  • "तिमी मेरो साक्षी हुनेछौ" भन्‍ने वाक्‍यांशलाई "तिमीले मेरो बारेमा अरू मानिसहरूलाई बताउनेछौँ" वा "मैले सिकाएको सत्‍य मानिसहरूलाई  सिकाउनेछौँ" वा "तिमीले मैले गरेको देखेका र सुनेका कुरा मानिसहरूलाई बताउनेछौँ" भनि अनुवाद गर्न सकिन्‍छ।"
  • "साक्षी" लाई "के देखियो बताउनु" वा "गवाहि दिन" वा "के भयो बताउनु" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • कुनै कुरालाई "साक्षी" दिनको लागी "केही देख्‍नु" वा "केही भएको अनुभव" भनेर अनुवाद गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः करारको सन्दुक, करारका सन्दुकका आदेशहरू, गवाहीको सन्दुक, यहोवेको सन्दुक, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी, साक्षी, प्रत्यक्षदर्शी)

बाइबलका सन्दर्भहरूः

  • व्‍यवस्‍था ३१ः२८
  • मीका ६ः३
  • मत्ती २६ः६०
  • मर्कुस १ः४४
  • यूहन्‍ना १ः७
  • यूहन्‍ना ३ः३३
  • प्रेरित ४ः३२-३३
  • प्रेरित ७ः४४
  • प्रेरित १३ः३१
  • रोमी १ः९
  • १ थेस्लोनिकी २ः१०-१२
  • १ तिमोथी ५ः१९-२०
  • २ तिमोथी १ः८
  • २ पत्रुस १ः१६-१८
  • १ यूहन्‍ना ५ः६-८
  • ३ यूहन्‍ना १ः१२
  • प्रकाश १२ः११

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३९ः२ घर भित्र, यहूदी अगुवाहरूले येशूलाई परीक्षणमा राखे । तिनीहरूले उहाँको बारेमा झूटोँ बोल्ने धेरै झूटाँ साक्षीहरू ल्‍याए।
  • ३९ः४ प्रधान पूजहारील रिसले आफ्‍ना लुगा च्‍याते र कराएर भने, "हामीलाई अरू साक्षीहरू चाहिँदैन। तपाईहरूले उहाँलाई उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍नुभएको सुन्‍नुभएको छ। तपाईको निर्णय के छ?"
  • ४२ः८ "धर्मशास्‍त्रमा यो पनि लेखिएको छ कि मेरा चेलाहरूले आफ्‍ना पापहरूको क्षमा पाउनको लागि सबैले पश्‍चाताप गर्नुपर्छ भनि घोषणा गर्नेछन्। तिनीहरूले यरूशलेमबाट सुरू गरेर यो गर्नेछन्, र त्‍यसपछि सबै मानिसहरूका बिच जानेछन्। तिमीहरू यी कुराहरूका साक्षी हौँ।
  • ४३ः७ "परमेश्‍वरले येशूलाई पुनर्जिवित पार्नुभयो भन्‍ने कुराको हामी साक्षी छौँ।"

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5707, H5713, H5715, H5749, H6030, H8584, G02670, G12630, G19570, G26490, G31400, G31410, G31420, G31430, G31440, G43030, G48280, G49010, G55750, G55760, G55770, G60200