ne_tw/bible/kt/adultery.md

4.9 KiB
Raw Permalink Blame History

व्यभिचार, व्यभिचारी, व्यभिचारकर्मी, व्यभिचारिणी

परिभाषा:

“व्यभिचार” शब्दले विवाहित व्यक्‍तिले आफ्नो वैवाहिक जोडीबाहेक अन्य व्यक्‍तिसित यौन सम्बन्ध राख्‍ने पापलाई जनाउँछ । तिनीहरू दुवै जना व्यभिचारको दोषी हुन्छन् । "व्यभिचारी" शब्दले यस किसिमको आचरण वा यो पाप गर्ने व्यक्तिलाई जनाउँछ ।

  • “व्यभिचारी” शब्दले साधारणतया व्यभिचार गर्ने कुनै पनि व्यक्‍तिलाई जनाउँछ ।
  • कहिलेकाहीँ “व्यभिचारिणी” शब्द व्यभिचार गर्ने व्यक्ति महिला थिइन् भनी निर्दिष्ट गर्न प्रयोग गरिन्छ ।
  • व्यभिचारले पति र पत्‍नीलाई एक अर्कालाई उनीहरूको विवाहको करारमा बाँधेका प्रतिज्ञाहरूलाई तोड्छ ।
  • व्यभिचार नगर्नू भनी परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • यदि लक्षित भाषामा “व्यभिचार” को लागि एकल शब्द छैन भने यसलाई “कसैकी पत्‍नीसित यौनसम्बन्ध राख्‍नु” वा “अर्को व्यक्‍तिको वैवाहिक जोडीसित लसपस हुनु” भन्‍ने जस्ता वाक्यांशहरूद्वारा अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा यस्ता भनाइहरूबाट अप्रत्यक्ष रूपमा व्यभिचारलाई जनाइन्छः “कसैको पति वा पत्‍नीसित सुत्‍नु” वा “आफ्नी पत्‍नीसित अविश्‍वासयोग्य हुनु ।” (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)
  • केही भाषाहरूमा “व्यभिचारी” लाई "अर्काको वैवाहिक जोडीसँग सुत्‍नु" वा आफ्नो पत्‍नीप्रति विश्‍वासयोग्य नहुनु" जस्ता परोक्ष रूपमा भन्‍ने तरिकाहरू हुन सक्छ । (हेर्नुहोस्: शिष्टोक्ति)

(यो पनि हेर्नुहोस्: प्रतिबद्ध हुनु, करार, यौन अनैतिकता, सँग सुत्‍नु, विश्‍वासयोग्य)

बाइबलका सन्दर्भहरूः

  • [प्रस्थान २०:१२-१४] (rc://*/tn/help/exo/20/14)
  • [होशे ०४:१-२] (rc://*/tn/help/hos/04/01)
  • [लूका १६:१८] (rc://*/tn/help/luk/16/18)
  • [मत्ती ०५:२७-२८] (rc://*/tn/help/mat/05/28)
  • [मत्ती १२:३८-४०] (rc://*/tn/help/mat/12/39)
  • [ प्रकाश ०२:२२-२३] (rc://*/tn/help/rev/02/22)

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १३-०६व्यभिचार नगर्नू ।”
  • २८-०२व्यभिचार नगर्नू ।”
  • ३४-०७ “धार्मिक अगुवाले चाहिँ यसरी प्रार्थना गर्थे, ‘परमेश्‍वरलाई धन्यवाद होस्, म चोरहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू वा यही कर उठाउनेजस्तो पापी होइनँ’ ।”

शब्‍द तथ्‍याङ्‍कः

  • Strongs: H5003, H5004, G34280, G34290, G34300, G34310, G34320