ne_tw/bible/kt/faithful.md

6.0 KiB

विश्‍वासयोग्य, विश्‍वासयोग्यता

परिभाषा:

निरन्तर रूपमा परमेश्‍वरको शिक्षाअनुसार जिउने कामलाई “विश्‍वासयोग्य” हुनु भनिन्छ । यसले उहाँको आज्ञा पालन गरेर उहाँप्रति इमान्दार हुने कुरालाई बुझाउँछ । विश्‍वासयोग्य हुने अवस्थालाई “विश्‍वासयोग्यता” भनिन्छ ।

  • विश्‍वासयोग्य मानिसले आफूले गरेका प्रतिज्ञाहरू र अरूप्रतिको उत्तरदायित्व पुरा गर्छ । यसैले, उसलाई भरोसा गर्न सकिन्छ ।
  • विश्‍वासयोग्य मानिसले कुनै काम गर्दा धैर्यता अपनाउँछ, त्यो काम जस्तोसुकै लामो र कठिन नै किन नहोस् ।
  • परमेश्‍वरले हामीबाट जे चाहनुहुन्छ त्यो निरन्तर रूपमा गर्नु नै परमेश्‍वरमा विश्‍वासयोग्य हुनु हो ।

अनुवादका लागि सुझावहरूः

  • धेरै सन्‍दर्भहरूमा, "विश्‍वासयोग्‍य" लाई "वफादार" वा "समर्पित" वा "भरोसायोग्‍य" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • अन्‍य सन्‍दर्भहरूमा, "विश्‍वासी" शब्‍द वा वाक्‍यांशलाई "विश्‍वास गरिरहनु" वा "परमेश्‍वरमा विश्‍वास र आज्ञा पालन गर्न द्दढ रहनु" भनिने श्ब्‍द वा वाक्‍यांशद्वारा अनुवाद गर्न सकिन्‍छ।
  • "विश्‍वासयोग्‍यता" लाई अनुवाद गर्न सकिने तरिकाहरूमा "विश्‍वासमा द्दढता" वा "वफादारी" वा "विश्‍वासयोग्‍यता" वा "परमेश्‍वरमा विश्‍वास र आज्ञा पालन" समावेश हुन सक्‍छ।

(​हेर्नुहोस्ः विश्‍वास गर्नु, विश्‍वास, विश्‍वास गर्नु)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति २४ः ४९
  • लेवि २६ः४०
  • गन्‍ति १२ः७
  • यहोशू २ः१४
  • न्‍यायकर्ताहरू २ः१६-१७
  • १ शामूएल २ः९
  • भजनसंग्रह १२ः१
  • हितोपदेश ११ः१२-१३
  • यशैया १ः२६
  • यर्मिया ९ः७-९
  • होशे ५ः७
  • लूका १२ः४६
  • लूका १६ः१०
  • कलस्‍सी १ः७
  • १ थेसलोनोकी ५ः२४
  • ३ यूहन्‍ना १ः५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ८ः५ झ्‍यालखानामा पनि योसेफ परमेश्‍वरप्रति वफादार रहे र परमेश्‍वरले तिनलाई आशिष दिनुभयो।
  • १४ः१२  तैपनि, परमेश्‍वरले अब्राहाम, इसहाक र याकुबलाई गर्नुभएको प्रतिज्ञाहरूमा अझै पनि विश्‍वासयोग्‍य हुनुहुन्‍थ्‍यो।
  • १५ः१३ मानिसहरूले परमेश्‍वारप्रति वफादार रहे र उहाँका नियमहरू पालम गर्ने प्रतिज्ञा गरे।
  • १७ः९ दाऊदले धेरै बर्षसम्‍म न्‍याय र विश्‍वासका साथ शासन गरे, र परमेश्‍वारले उनलाई आशिष् दिनुभयो। यधपि, आफ्‍नो जिवनको अन्‍त्‍यतिर उहाँले परमेश्‍वरको विरुद्धमा भयानक पाप गर्नुभयो।
  • ३५:१२ जेठो छोरोले आफ्‍नो बुबालाई भन्‍यो, "यति वर्षहरूमा मैले तपाईको लागि विश्‍वासपूर्वक काम गरेको छु।"
  • ४९ः१७ तर परमेश्‍ववर विश्‍वासयोग्‍य हुनुहुन्‍छ र भन्‍नुभयो कि यदि तिमिले आफ्‍ना पापहरू स्‍विकार गर्यौ भने, उहाँले तिनिहरूलाई क्षमा गर्नुहुनेछ।
  • ५०ः४ "यदि तिमि अन्‍त सम्‍म मप्रति वफादार रह्यौ भने, परमेश्‍वरले तिनिलाई बचाउनुहुनेछ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0529, H0530, H0539, H0540, H0571, H0898, H2181, H4603, H4604, H4820, G05690, G05710, G41030