ne_tw/bible/other/sex.md

3.9 KiB
Raw Permalink Blame History

सम्बन्ध थियो, प्रेम थियो, सुत्यो, सुत्यो

परिभाषा:

बाइबलमा यी शब्दहरू यौन सम्बन्धहको निम्ति शिष्‍टोक्‍तिको रूपमा प्रयोग गरिएका छन्। (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)

  • "कसैसँग सुत्नु" भन्‍ने अभिव्यक्तिले सामान्यतया त्यो व्यक्तिसँग यौन सम्बन्ध राख्नुलाई जनाउँछ। भूतकाल भनेको "सुतेको साथ" हो।
  • पुरानो नियमको पुस्तक "श्रेष्ठगीत" मा, यूएलटी ले "प्रेम" शब्दलाई अनुवाद गर्न "प्रेम गर्नु" शब्द प्रयोग गर्दछ जुन त्यस सन्दर्भमा यौन सम्बन्धलाई जनाउँछ। यो शब्द "प्रेम गर" भन्‍ने अभिव्यक्तिसँग सम्बन्धित छ।

अनुवादका सुझावहरूः

  • कुनै भाषाले यसलाई पति र पत्‍नी बिच वा कोही अरूसँग सम्बन्ध राखेको हो भनी जनाउनलाई सन्दर्भअनुसार फरक अभिव्यक्‍ति प्रयोग गर्न पनि सक्छन्। यो शब्दलाई हरेक सन्दर्भमा ठिक अर्थ लाग्‍ने गरी अनुवाद गरिएको छ भन्‍नेमा होसियारी हुनु महत्त्वपूर्ण छ।
  • “सँग सुत्‍नु” लाई सन्दर्भअनुसार “सँग लेट्नु” वा “सँग प्रेम गर्नु” वा “सँग घनिष्‍ठ हुनु” जस्ता अभिव्यक्‍तिहरूमा अनुवाद गर्न सकिन्छ।
  • “सँग सम्बन्ध राख्‍नु” लाई अन्य तरिकाले “सँग शारीरिक सम्बन्ध राख्‍नु” वा “सँग वैवाहिक सम्बन्ध राख्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “प्रेमालाप” लाई पनि “प्रेमिलो” वा “घनिष्‍टता” भनी अनुवाद गर्न सकिन्छ। अर्थात् लक्षित भाषामा यसलाई स्वभाविक तरिकाले अनुवाद गर्ने वाक्य पद्धति पनि हुनसक्छ।
  • यो अवधारणा अनुवाद गर्नलाई प्रयोग गरिएको शब्द बाइबल प्रयोग गर्नेहरूलाई ग्रह्‍य छ वा छैन भनी जाँच्‍नु महत्त्वपूर्ण हुन्छ।

(यो पनि हेर्नुहोस्: यौन अनैतिकता)

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी ५:१-२

१ शमूएल १:१९

व्यवस्था २१:१३

उत्पत्ती १९:५

मत्ती १:२५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0160, H0935, H1540, H2181, H2233, H3045, H3212, H6172, H7250, H7901, H7903, G10970