ne_tw/bible/kt/covenant.md

12 KiB

करार

परिभाषा:

करार दुई पक्षबिच बाँधिएको औपचारिक सम्झौता हो जसलाई दुईमध्ये एउटा पक्षले पुरा गर्नैपर्छ ।

  • यो सम्झौता मानिस-मानिसहरूका बिचमा, मानिसहरूका समूह-समूह बिचमा वा परमेश्‍वर र मानिसहरूका बिचमा हुन सक्छ ।
  • मानिसहरूले एक अर्कासित करार बाँध्दा तिनीहरूले केही गर्ने वा त्यसलाई पुरा गर्ने प्रतिज्ञा गर्छन् ।
  • वैवाहिक करार, व्यापारिक करार र देशहरूबिच हुने सम्झौताहरू मानवीय करारका उदाहरणहरू हुन् ।
  • बाइबलभरि नै परमेश्‍वरले आफ्ना मानिसहरूसित केही फरक-फरक करारहरू बाँध्‍नुभएको छ ।
  • केही करारहरूमा विनासर्त परमेश्‍वरले आफ्नो भागलाई पुरा गर्ने प्रतिज्ञा गर्नुभयो । उदाहरणको लागि, विश्‍वव्यापी जलप्रलयले पृथ्वीलाई फेरि कहिल्यै नष्‍ट नगर्ने प्रतिज्ञा गर्दै उहाँले मानव-जातिसित आफ्नो करार स्थापित गर्नुहुँदा यस करारमा मानिसहरूले पुरा गर्नुपर्ने कुनै सर्त छैन ।
  • अन्य करारहरूमा मानिसहरू उहाँप्रति आज्ञाकारी भई तिनीहरूले करारको आफ्नो भागलाई पुरा गरेमा मात्र उहाँले आफ्नो भागलाई पुरा गर्ने प्रतिज्ञा गर्नुभयो ।

"नयाँ करार" शब्‍दले परमेश्‍वरले आफ्‍नो पुत्र येशूको बलिदानद्वारा आफ्ना मानिसहरूसँग गर्नुभएको करार वा प्रतिबद्धतालाई जनाउँछ।

  • परमेश्‍वरको "नयाँ करार" लाई बाईबलको "नयाँ नियम" भनिने भागमा व्‍याख्‍या गरिएको थियो।
  • यो नयाँ करार पुरानो नियमको समयमा परमेश्‍वरले इस्राएलिहरूसँग गर्नुभएको "पुरानो" वा "पूर्व" करारको विपरीत हो।
  • नयाँ करार पुरानो भन्‍दा राम्रो छ किनभने यो येशूको बलिदानमा आधारित छ, जसले मानिसहरूका पापहरूको लागि सधैँभरि पुर्णरूपमा प्रयाश्‍चित गर्छ। पुरानो करार अन्‍त्रर्गत गरिएका बलिदानहरूले यो गरेनन्।
  • परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूको हृदयमा नयाँ करार लेख्‍नुहुन्‍छ। यसले तिनिहरूलाई परमेश्‍वरको आज्ञा पालन गर्न र पवित्र जिवन जिउँन सहायता गर्छ।
  • परमेश्‍वरले पृथ्‍विमा आफ्‍नो शासन स्‍थापना गर्नुहुदाँ अन्‍तिम समयमा नयाँ करार पूर्ण रूपमा पूरा हुनेछ। सबै कुरा फेरि एक पटक सबै कुरा धेरै असल हुनेछ, जस्‍तो कि परमेश्‍वरले पहिलो पटक सँसार सृष्‍टि गर्नुहुदा थियो।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “बाँध्‍ने सम्झौता” वा “औपचारिक प्रतिबद्धता” वा “प्रण” वा “अनुबन्ध” भनी अनुवाद गर्न सकिन्छ ।
  • एउटा पक्ष वा दुई पक्ष दुवैले प्रतिज्ञालाई पुरा गर्नुपर्ने आधारमा रहेर करारको लागि केही भाषाहरूमा बेग्लाबेग्लै शब्दहरू छन् । यदि करार एक पक्षीय हो भने यसलाई “प्रतिज्ञा” वा “प्रण” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यस शब्दले मानिसहरूले करारको प्रस्ताव राखे भन्‍ने अर्थ दिनुहुँदैन भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । परमेश्‍वर र मानिसहरूबिच बाँधिएका सबै करारहरूमा परमेश्‍वरले नै करारको थालनी गर्नुभयो ।
  • "नयाँ करार" शब्‍दलाई "नयाँ औपचारिक सम्‍झौँता" वा "नयाँ सम्‍झौँता" को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • यो अभिव्‍यक्‍तिहरूमा "नयाँ" शब्‍दको अर्थ "ताजा" वा "नयाँ प्रकारको" वा "अर्को" हो।

(हेर्नुहोस्ः नयाँ करार, प्रतिज्ञा)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ९ः१२

  • उत्पत्ति १७ः७

  • उत्पत्ति ३१ः४४

  • प्रस्‍थान ३४ः१०-११

  • यहोशू २४ः२४-२६

  • २ शमूएल २३:५

  • २ राजा १८:११-१२

  • मर्कूस १४:२४

  • लूका ०१:७३

  • लूका २२ः२०

  • प्रेरित ०७:८

  • १ कोरिन्‍थी ११ः२५-२६

  • २ कोरिन्‍थी ३ः६

  • गलाती ०३:१७-१८

  • हिब्रू १२ः२४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०४-०९) त्यसपछि परमेश्‍वरले अब्रामसित करार बाँध्‍नुभयो । करार दुई पक्षबिच बाँधिने सम्झौता हो ।
  • (०५-०४) “म इश्माएललाई पनि एउटा ठुलो जाति बनाउनेछु, तर मेरो करारचाहिँ इसहाकसित नै हुनेछ ।”
  • (०६-०४) लामो समयपछि अब्राहाम मरे, र परमेश्‍वरले तिनीसित करारमा बाँध्‍नुभएका सबै प्रतिज्ञा इसहाकमा सरे ।
  • (०७-१०) परमेश्‍वरले अब्राहाम अनि त्यसपछि इसहाकसित बाँध्‍नुभएका करारका प्रतिज्ञाहरू अब याकूबमा सरे ।
  • (१३-०२) परमेश्‍वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करारलाई पालन गर्‍यौ भने तिमीहरू मेरा मूल्यवान् सम्पत्ति, पूजाहारीको राज्य र पवित्र जाति हुनेछौ ।”
  • (१३-०४) त्यसपछि परमेश्‍वरले तिनीहरूसित करार बाँधी भन्‍नुभयो, “म तिमीहरूका परमेश्‍वर यहोवे हुँ जसले तिमीहरूलाई मिश्रको दासत्वबाट बचायो । अरू देवताहरूलाई नपुज्‍नू ।”
  • (१५-१३) त्यसपछि परमेश्‍वरले इस्राएलीहरूसित सीनैमा बाँध्‍नुभएको करारको पालन गर्नुपर्ने मानिसहरूको जिम्मेवारीलाई यहोशूले स्मरण दिलाए ।
  • २१ः५ यर्मिया अगमवक्‍ताबाट, परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो कि उहाँले नयाँ करार बनाउनु हुनेछ, तर परमेश्‍वरले इस्राएलिसँग सिनैमा गर्नुभएको करार जस्‍तो होइन। नयाँ करारमा, परमेश्‍वरले मानिसहरूको हृदयमा आफ्‍नो व्‍यवस्‍था लेख्‍नुहुनेछ, मानिसहरूले परमेश्‍वरलाई व्‍यक्‍तिगतरूपमा चिन्‍नेछन्, तिनिहरू उहाँका मानिसहरू हुनेछन्, र परमेश्‍वरले तिनिहरूका पापहरू क्षमा गर्नुहुनेछ। मसिहले नयाँ करार सुरु गर्नुहुनेछ।
  • २१ः१४ मसिहको मृत्‍यु र पुनरुत्‍थानद्वारा, परमेश्‍वरले पापिहरूलाई बचाउन र नयाँ करार सुरु गर्ने आफ्‍नो योजना पुरा गर्नुहुनेछ।
  • ३८ः५ तब येशूले एउटा कचौरा लिनुभयो र भन्‍नुभयो, "यो पिऊँ। यो नयाँ करारको मेरो रगत हो जुन पापिहरूको क्षमाको लागि बगाईएको छ। यो  हरेक पटक पिउने बेला मेरो सम्‍झनामा गर्ने गर।"
  • ४८ः११ तर परमेश्‍वरले अब नयाँ करार बनाउनुभएको छ जुन सबैको लागि उपलब्‍ध छ। यो नयाँ करारको कारणले गर्दा, कुनै पनि समुहबाट जो कोहिले पनि येशूमा विश्‍वास गरेर परमेश्‍वरको मानिसहरूको एक अभिन्‍न भाग बन्‍नसक्‍छ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1285, H2319, H3772, G08020, G12420, G49340